आइसेक अन्तराष्ट्रिय संस्थाले आज नेपालका विभिन्न विद्यालयहरुमा विश्वकै लामो शिक्षा दिएको छ । दीर्घकालीन विकासको लक्ष्य सहित अगाडी बढेको अन्तराष्ट्रिय संस्था आइसेकले दीर्घकालिन विकास विषयमा विश्वकै लामो शिक्षा दिएको हो । हाल आइसेक इन नेपालभित्र ४ वटा लोकल कमिटीहरु रहेका छन् । नेपालमा रहेका आइसेक इन काठमाडौं, आइसेक इन काठमाडौं युनिभर्सिटी, आइसेक इन काठमाडौं साउथ र आइसेक इन लुम्बिनीले नेपाल भित्र रहेर यस्ता किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।
सन् २०१६ मा स्थापना भएको आइसेक इन लुम्बिनिले आज कपिलवस्तुका २ वटा विद्यालय आवर वीज्डम बोर्डीङ स्कुल र ज्ञानकुञ्ज बोर्डीङ स्कुलमा पनि शिक्षा दिएको छ । यस्तैगरी आज रुपन्देहीका ५ भन्दा बढी विद्यालयमा शिक्षा दिएको आइसेक लुम्बिीनीले जनाएकोे छ । यही जेष्ठ दोस्रो हप्तादेखि ताइवानबाट म्याक्स चाउले ज्ञानकुञ्ज बोर्डीङ स्कुल राजपुरमा रहेर शिक्षा दिँदै आउनुभएको छ ।
अन्र्तराष्ट्रिय संयुक्त राष्ट्र संघले दीर्घकालीन विकासको लक्ष्यका साथ अघि बढ्दै नेपालमा पनि यस्ता किसिमका कार्यक्रमहरुको जरुरी भएकोले संचालन गरिएको होे । २०१७ देखि सुरु गरिएका दीर्घकालीन विकासका लक्ष्यहरु २०३० सम्म सम्पन्न हुने गरी अगाडी बढाउँदै आएको संस्थाले जनाएको छ ।कपिलवस्तुका विद्यालयहरुमा आइसेकका विजय पौडेल, एन के सुनारी थापा, अनमोल शर्मा, आयुश कालिराज, समीक्षा शेरचनले दिगो विकास सम्बन्धी शिक्षा दिनुभएको थियो ।