कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नः १ मा रहेको कोन्द्रे खोलाबाट अवैध रुपमा चोरी निकासि गर्दै गर्दा जेसिवि स्काभेटर र टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुराकीकका आधारमा खटीएको प्रहरी टोलीले चोरी निकासिका लागी प्रयोग गर्न ल्याएको अवस्थामा ११ वटा साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । आवश्यक कारबाहीका लागी प्रहरीले जिल्ला समन्वय समिति कपिलवस्तुमा नियन्त्रण गरेका साधन पठाएको जनाएको छ । साधानसगै १० जना लाई पनि प्रहरीले प्रकाउ गरेको छ ।










