गृहपृष्ठ Featured बाणगंगाको झण्डा माविमा राजनैतिक हस्तक्षेप भएको भन्दै तालाबन्दी

बाणगंगाको झण्डा माविमा राजनैतिक हस्तक्षेप भएको भन्दै तालाबन्दी

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ५ मा रहेको श्री माध्यमिक बिद्यालय झण्डामा तालाबन्दी भएको छ । शिक्षक नियुतिmमा राजनितिक हस्तक्षेप भएको भन्दै तालाबन्दी भएको हो । बिद्यालयमा रिक्त रहेको मावि र प्राविको दरबन्दीमा बिद्यालयमा कार्यरत शिक्षकलाई पदस्थापन गर्न खोजेको, गैर जिम्मेवारी तरीकाले दक्ष शिक्षकलाई पदस्थापन नगरी आफनो मान्छेका आधारमा नियुतिm गरेको, राजनैतिक हस्तक्षेप गर्न खोजेको, बिद्यालय ब्यवस्थापन समिति र प्रशासन पक्षले हरेक गतिविधि एकलौटी गरेको भन्दै नेपाली काग्रेस वडा नः ५ ले ताला लगाएको काग्रेसले जनाएको छ । राजनैतिक हस्तक्षेप नरोके नतिजा गलत आउने नेपाल तरुण दल क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापाले बताए ।

सम्बन्धित् समाचार