गृहपृष्ठ खबर स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री आज सिंगापुर जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज सिंगापुर प्रस्थान गर्ने भएका छन् ।स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओली शनिबार बेलुका ९ः४५ बजे सिल्क एयरमार्फत सिंगापुर जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीको साथमा निजी चिकित्सक डा. दिव्यासिंह शाहलगायत सहभागी हुने बताइएको छ । सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ओलीले करिब १ साता स्वास्थ्य परीक्षण गर्नेछन् । उनको के–के परीक्षण गरिँदैछ भन्नेबारे केही खुलाइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आज सिंगापुर प्रस्थान गर्ने

प्रधानमन्त्री ओलीले सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालबाट मिर्गौला प्रत्यारोपण गराएका थिए । त्यसयता उनले दिल्ली र थाइल्यान्ड पुगेर स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

यद्यपि, प्रधानमन्त्री भएपछि भने उनी नियमित स्वास्थ्य परीक्षणका लागि विदेश गएका छैनन् । यसअघि स्वास्थ्यमा समस्या भएपछि त्रिवि शिक्षण अस्पतालको मनामोहन कार्डिओथोरासिक एण्ड भाष्कुलर सेन्टरमा भर्ना नै भएर उनले उपचार गराएका थिए ।

सम्बन्धित् समाचार