गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तुको बहादुरगंजमा नेपाल बैंक लि.ले शाखा खोल्ने , प्रदेश प्रमुखले व्यक्त गरे प्रतिबद्धता

कपिलवस्तुको बहादुरगंजमा नेपाल बैंक लि.ले शाखा खोल्ने , प्रदेश प्रमुखले व्यक्त गरे प्रतिबद्धता

प्रकाशित मिति:

कृष्णनगर ,साउन १९ । नेपाल बैंक लिमिटेडकाे शाखा बहादुरगंजमा खाेलिने बैंकका प्रादेशिक कार्यालय प्रमुख शेर्पाले प्रतिबद्धता व्यक्त गरेका छन ।नगर प्रमुख रजत प्रताप शाहकाे प्रमुख आतिथ्यतामा आज नेपाल बैंक लिमिटेड कृष्णनगर शाखाले बिस्तारित शाखा (एक्सटेन्सन ) कार्यालय कृष्णनगरनगर-कार्यपालिकाकाे कार्यालयमा विस्तार गरेकाे छ ।

कार्यक्रममा नगरप्रमुख शाहले नेपाल  बैंकले  शाखा बिस्तार गर्यो भने बहादुरगंज,जवाभारी,पत्थरदेईया,अजिगरा,उदयपुर ,कुशहवा र महराजगंज लगायत सेवाग्राही,उद्योगी व्यापारी किसान तथा पेन्सनधारीहरुलाई सहज हुने बताउनुभयाे ।

साे कार्यक्रमका विशिष्ट अतिथि नेपाल बैंक प्रादेशिक कार्यालयका प्रमुख पासाङ दाेर्जे शेर्पाले वर्तमान अवस्थामा एउटा शाखा बहादुरगंजमा पनि आवश्यक  रहेकाेले नगरप्रमुख र व्यापारी उद्योगीहरुकाे अनुराेधमा तत्कालका लागि कृष्णनगर शाखाकाे एक्सटेन्सन खाेलिएको , साथै शाखा स्थापनाका लागि आवश्यक  प्रक्रिया पुर्याई अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे नेपाल बैंक लिमिटेडका कृष्णनगर शाखा प्रबन्धक सुरेन्द्र यादवले दिएका छन ।

बिस्तारित शाखा उद्घघाटन कार्यक्रममा  नगरपालिकाका कार्यपालिका सदस्य तथा बैंक कर्मचारीहरु काे उपस्थिति थियाेे ।

सम्बन्धित् समाचार