गृहपृष्ठ राजनीति नेपाल ट्रेड युनियन कंग्रेसको बुद्ध भुमिमा एकाइ कमिटि र शिवराजमा तयारी समिति गठन

नेपाल ट्रेड युनियन कंग्रेसको बुद्ध भुमिमा एकाइ कमिटि र शिवराजमा तयारी समिति गठन

प्रकाशित मिति:

नेपाल ट्रेड युनियन कंग्रेसको जिल्ला कार्यसमितिले शिवराज नगरपालिकामा एकाइ कमिटिका लागि मेघराज रेग्मीको संयोजकत्वमा तयारी समिति गठन गरेको छ । त्यस्तै बुद्धभुमि नगरपालिकामा विष्णु भुसालको अध्यक्षतामा ९ सदस्यीय नगर स्तरीय इकाइ समिति गठन गरेको छ । जसको उपाध्यक्षमा अनिता बेल्बासे, सचिवमा नारायाण बेल्बासे, सह सचिवमा सुनिल भण्डारी र कोषाध्यक्षमा डि.पि बेल्बासे चयन हुनुभएको छ । यस्तैगरी सदस्यहरुमा रामानन्द यादव, अनिल अधिकारी, अशोक ठाकुर र गीता पन्थी सर्वसम्मत चयन हुनुभएको छ ।

कमिटी गठन गर्दै कंग्रेस

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै नेपाली कंग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले ट्रेड युनियन कंग्रेस विभिन्न श्रमीकहरुको संगठन भएकोले आफ्ना हक अधिकार सुनिश्चित गर्नका लागि संगठनमा लाग्न सबैलाई आग्रह गर्नुभयो । उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै नेपाली कंग्रेसले नै सम्पूर्ण जनताका हक अधिकारहरु सुनिश्चित र राष्ट्रको रक्षा गर्ने भएकोले नेपाली कंग्रेसको लहर सिर्जना गर्न आग्रह गर्नुभयो ।

यस्तै नेपाली कंग्रेसका जिल्ला सदस्य बिरेन्द्र मिश्र, बुद्धभुमि नगर सभापति हिमलाल न्यौपाने, माधव दमासे, ट्रेड युनियन जिल्ला उपाध्यक्ष भक्तिराम शर्मा (गुरु), दुर्गा अधिकारी, लोकनाथ शर्मा लगायतले कार्यक्रममा बोल्दै संगठनलाई सक्रीय रुपमा अगाडी बढाउन सकेमा सिंगो पार्टी बलियो हुने धारणा राख्नुभएको थियो ।

जिल्ला सचिव जनक बेल्बासेले शारीरिक, मानसिक र बौद्धिक रुपमा श्रम खर्र्चिने श्रमीकहरुको संगठन ट्रेड युनियन भएको र विभिन्न पेशागत श्रमीकहरु यसमा आवद्ध हुने भएकोले पेशागत हक हितका लागि समेत संगठनमा लाग्न जोड दिनुभयो ।

नेपाल ट्रेड युनियन कंग्रेस जिल्ला अध्यक्ष बालकुमारी अधिकारीको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव जनक बेल्बासेले गर्नुभएको थियो । कार्यक्रममा ३०० बढीको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार