वैखरी अनलाइन संवाददाता
कपिलवस्तु जिल्लामा गत आर्थिक बर्ष २०७५÷७६ को पोषणको अवस्था बारेको संकलित तथ्याङ्कले शिवराज नगरपालिकामा सबै भन्दा बढि र बाणगंगा नगरपालिकामा सबै भन्दा कम कुपोषित रहेको देखाएको छ । जिल्लाभरका सबै स्थानिय तहमा ६ देखी ५९ महिना सम्मका बालबालिकाको पाखुराको बिच भागको परिधी नाप (मुआक) लिदा सो अवस्था देखिएको हो । एकिकृत पोषण प्रबद्र्धन सम्बन्धि कार्यक्रमका फिल्डस्तरका कर्मचारीले संकलन गरेको तथ्याङ्कले जिल्लाको पोषणको सो अवस्था देखाएको हो । गत आवमा जिल्लाका १० स्थानिय तहका ४ हजार ४ सय ५३ बालबालिकाको तथ्याङ्क संकलन गर्दा जिल्लामा मध्यम शिघ्र कुपोषण र कडा शिघ्र कुपोषणमा रहेका ५ सय ९५ (१३ दशमलव ४ प्रतिशत) बालबालिका भेटिए । शिवराज नगरपालिकाको ३ सय ४० बालबालिकाको मुआक लिदा ८३ बालबालिकामा मध्यम शिघ्र कुपोषण र ७ बालबालिकामा कडा शिघ्र कुपोषण गरि कुल ९० जना (२६ दशमलब ५ प्रतिशत) कुपोषित रहेको भेटिएको हो । जुन जिल्लाभरमै सबै भन्दा बढि हो । त्यसै गरि जिल्लाको बाणगंगा नगरपालिाकामा सबै भन्दा कम बालबालिकामा कुपोषण भेटिएका छन । बाणगंगा नगरपालिकाको ७ सय ७२ बालबालिकाको मुआक लिदा १९ बालबालिकामा मध्यम शिघ्र कुपोषण र ७ बालबालिकामा कडा शिघ्र कुपोषण गरि कुल २६ जना (३ दशमलब ४ प्रतिशत) कुपोषित रहेको भेटिएको हो । जिल्लाको अन्य स्थानिय तहका नगरपालिकाहरुको अवस्था हेर्दा बुद्धभुमी नगरपालिकामा ७ दशमलव ९ प्रतिशत, कपिलवस्तु नगरपालिकामा १४ दशमलव ९ प्रतिशत, माहाराजगंजमा १४ दशमलव ६ प्रतिशत र कृष्णनगरमा १७ दशमलब ९ प्रतिशत कुपोषण देखिएको छ । त्यसै जिल्लाका गाँउपालिकाहरुको हकमा बिजयनगरमा २० दशमलव ६ प्रतिशत, मायादेवीमा १४ दशमलव ७ प्रतिशत, शुद्धोधनमा १३ दशमलव ६ प्रतिशत र यशोधरामा १० प्रतिशत कुपोषित बालबालिका भेटिएका हुन । बालबालिकामा कडा शिघ्र कुपोषणको मात्रै अवस्था हेर्दा कृष्णनगर नगरपालिकामा सबै भन्दा बढि ४ दशमलव ९८ प्रतिशत र सबै भन्दा कममा बुद्धभुमी नगरपालिकामा शुन्य दशमलव २० प्रतिशत रहेको छ । कृष्णनगर सगै कडा शिघ्र कुपोषण रहेकामा क्रमशः बिजयनगर, माहाराजगंज, कपिलवस्तु नगरपालिका, यशोधरा, शिवराज, शुद्धोधन, मायादेवी र बाणगंगा नगरपालिका घट्दो क्रममा छन ।
बिगतमा चेतनाको कमी रहेको र मुआकबाट परिक्षण गर्दा धैरै पहिचान हुने क्रममा कारण कुपोषणको संख्या बढेको देखिएको शिवराज नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बिष्णु बहादुर क्षेत्रीले जानकारी दिए । पोषणको अवस्था सुधारका लागी गर्भवती र सुत्केरी आमालाई घरमै पुगी स्तनपान र थप आहारा बारे शिक्षा, बहुक्षेत्रिय पोषण अन्र्तगत सुनौलो हजार दिनको कार्यक्रमलाई प्रबद्र्धन र गर्भवतीलाई चार पटक नियमित गर्भ जाँचका लागी प्रोत्साहन गर्न सफाई सिट र आयोडिन युक्त नुन बितरण कार्यलाई प्राथमिकता दिईएको क्षेत्रीले बताए । नगरपालिकाले गर्भवती पहिचान कायृक्रम अन्र्तगत नगरका प्रतचयक गर्भवती आमाको घरमा हरियो झण्डाको समेत शूरुवात गरिएको उनले स्पष्ट पारे । गत आर्थिक बर्षमा नगरका ५ बर्ष मुनीका बालबालिकाको पोषणको अवस्था बुझन मुआक लिएर अवस्था पहिचान गरिएको बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले जानकारी दिए । व्यापक जनचेतना प्रवाह र पोषणका क्षेत्रमा कार्यरत संघ संस्था बिचको समन्वयले नगरको पोषणको अवस्था सुधार्न सहयोग मिलेको घिमिरेले बताए । स्वास्थ्यचौकी र गाँउघर क्लिनिकलाई प्रोत्साहित गरि परिचालन गरेर पोषणको अवस्थामा थप सुधार ल्याउने योजना रहेको उनले स्पष्ट पारे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सँग आव २०७५÷७६ मा कपिलवस्तु जिल्लामा ६ महिना देखी ५९ महिना सम्मका बालबालिका ६० हजार ३४ रहेको अनुमानित तथ्याङ्क रहेको थियो ।
पाखुराको मुआक लिदा ५ दशमलब ५ सेन्टिमिटर देखी ११ दशमलब ५ सेन्टिमिटर सम्मका लाई रातो चिन्ह अर्थात कडा शिध्र कुपोषण, ११ दशमलब ५ देखी १२ दशमलब ५ सेन्टिमिटरलाई पहेलो अर्थात मध्यम शिध्र कुपोषण भन्ने गरिएको छ । त्यसै गरि १२ दशमलब ५ सेन्टिमिटर भन्दा बढिलाई भने सामान्य अवस्थाको मानिन्छ । सन् २०११ को नेपाल जनसंख्यिक स्वास्थ्य सर्वेक्षणले कपिलवस्तुका बालबालिकामा १५ दशमलब २ प्रतिशत कुपोषण रहेको देखाएको थियो । बालबालिकामा कुपोषणको अवस्था पत्ता लगाउने तिन उपाय रहेको छन । जसमा पहिलोमा पाखुराको नाप लिने, दोस्रोमा उचाई अनुसारको तौल हेर्ने र तेस्रोमा दुबै खुट्टा सुन्निएको वा नसुन्निएको आधारमा कुपोषण पत्ता लगाउने गरिएको छ । कुपोषित भेटिएका बालबालिका मध्य कडा शिघ्र कुपोषित बच्चालाई तयार पारिएको उपचारात्मक खाना (आरयुटिएफ) दिईने र मध्यम शिध्र कुपोषीतका हकमा बच्चाको परिवारलाई खानाको बिबिधीकरण र सक्रिय खुवाई मार्फत परामर्श दिई स्वास्थ्य अवस्थामा सुधार ल्याईने गरिएको सुआहाराका स्वास्थ्य अधिकृत बिजेन्द्र बन्जाडेले जानकारी दिए । “हरेक बार खाना चारको अवधारणा अनुसार बच्चालाई खाना खानका लागी प्ररित गर्ने र निरन्तर स्तनपान र सरसफाईमा ध्यान दिनु महत्वपुर्ण हुन्छ । ” स्वास्थ्य अधिकृत बन्जाडेले भने । पछिल्लो समय पोषणको अवस्थामा सुधार आउनुको मुख्य कारण वडा तहमै पोषण स्वयंसेवकहरुको परिचालन, घरायसी तहमा र स्वास्थ्य सेवा प्रदायक केन्द्रमा सो बारे प्रयाप्त परामर्श दिने कार्य महत्वपुर्ण रहेको सुआहाराका कार्यक्रम संयोजक लवहरी बुढाथोकीले जानकारी दिए । सो सगै पोषणको अवस्था सुधारका लागी जिल्लाका सबै स्थानियतह जनप्रतिनिधीको सामुहिक प्रतिबद्धता सगै पोषणका कार्यक्रमले प्राथमिकता पाउदै जानु तथा स्वास्थ्य सेवा प्रदायकहरु सहितका महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता बिकासको कार्यले थप सहयोग पुर्याएको संयोजक बुढाथोकीले बताए । “पोषणको कार्यक्रम एकिकृत रुपमा सबै बिषयगत क्षेत्रले साझा महत्वको साथ अगाडी बढाउन प्रयास गर्नु नै यस कार्यक्रमको सफलताको आधार मान्न सकिन्छ ।” उनले भने ।
जिल्लाभर ७३ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाहरु मध्ये २३ वटा स्वास्थ्य संस्थाहरुमा पोषण उपचारका लागि बहिरंगसेवा (ओटीसी सेन्टर) रहेका छन् । कडा शिघ्र कुपोषण पाईएका वालवालीकाहरुलाई उक्त ओटीसी सेन्टरले विशेष उपचार सेवा प्रदान गर्ने गरेको छ । त्यंहा संभव नभएका वालवालीकाहरुलाई बुटवल अञ्चल अस्पताल परीसर भित्र रहेका पोषण पुर्नस्थापना केन्द्रमा रिफर गरिदै आएको छ । पोषण कार्यक्रम सञ्चालनको लागि जिल्लामा यूएसएड सुआहारा दोस्रो कार्यक्रम, संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयद्वारा संचालीत बहुक्षेत्रीय पोषण कार्यक्रम, फेयर मेड, सेभ द चिल्ड्रेन जस्ता संस्थाका कार्यक्रम जिल्ला भर सञ्चालनमा छन । कालिका स्वावलम्वन सामाजीक केन्द्र, किड्स र किडार्क लगायतका संघ संस्थाहरु स्थानीय तहले लिएको योजना अनुरुप सहयोग पु¥याउन क्रियाशिल छन । राष्ट्रीय योजना आयोगबाट मिति २०७४ मंसीर ३ मा पारीत बहुक्षेत्रीय पोषण योजना–दोस्रो २०७५÷७६– २०७९÷८० को कार्यान्वयन संरचना बमोजिम सवै पालिकामा पालीका प्रमुख र वडा स्तरमा वडा अध्यक्षको अध्यक्षतामा पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति गठन भई कार्यान्वयनमा आएको छ । पोषण योजनाको तयारी, वजेट विनियोजन, कार्यान्वयन तथा अनुगमनको प्रक्रिया आरम्भ हुदाँ पोषणको कार्यक्रमको दिगोपना र क्रमशः कुपोषणको दरमा कमी हुंदै जानेमा आशाबादी रहेको जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख नारायण प्रसाद खनाल बताउछन ।