गृहपृष्ठ राजनीति नेकपा कपिलवस्तुले संविधन दिवस पार्टी कार्यालय तौलिहवामा मनाउने

नेकपा कपिलवस्तुले संविधन दिवस पार्टी कार्यालय तौलिहवामा मनाउने

प्रकाशित मिति:

कपिलवस्तु भाद्र २३
नेकपा कपिलवस्तुले निर्वाचित जनप्रतिनिधीका लागि असोज मसान्त भित्र जिल्ला स्तरीय प्रशिक्षण संचालन गर्ने निर्णय गरेको छ । नेकपा स्थानिय तह विभाग कपिलवस्तुको सोमवार पार्टी कार्यालय तौलिहवामा सम्पन्न वैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै वैठकले स्थानिय तह संचालन आचार संहिता निर्माणका लागि डम्मर शर्माको संयोजकत्वमा पाँच सदस्यि समिति निर्माण गरेको छ । विभागको वैठकले यही आश्विन ३ गते संविधन दिवस नेकपाको पार्टी कार्यालय तौलिहवामा मनाउने निर्णय गरेको छ । सम्पन्न वैठकले कृषि तथा पशुपंक्षि विकास मन्त्रि चक्रपाणी खनालको स्वास्थ्य लाभको कामना गरेको छ । विभागको वैठकलाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा कपिलवस्तु सह इन्चार्ज बिमला घिमिरेले जनप्रतिनिधी र पार्टी बीचको समन्वयबाट जनताका आवश्यकता र जनचाहना पुरा गर्न सहज हुने बताईन ।

स्थानिय तह विभागका प्रमुख तथा नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षमा र विभागका सचिव देवराज अर्यालको संचालनमा सम्पन्न वैठक नेकपाका जिल्ला सचिव रामचन्द्र शाह (विष्णु), प्रदेश कमिटी सदस्य कृष्ण पौडेल, सत्यनारायण त्रिपाठी, नेकपाका नेता भानु प्रकाश श्रेष्ठको आतिथ्यता रहेको विभागले जनाएको छ ।

सम्बन्धित् समाचार