बिष्णु खत्री सैनामैना ।
रुपन्देहीका चार स्थानिय तह मिलेर वारुणयन्त्र संचालनमा ल्याएका छन । सैनामैना नगरपालिका, कञ्चन, शुद्धोधन र गैडहवा गाउँपालिकाको संयूतm लगानीमा वारुणयन्त्र संचालनमा ल्याईएको हो ।
बिपद्को सामना मिलेर गर्दा सहज र प्रभावकारी हुने हुँदा चारवटा पालिकाको संयूक्त लगानीमा बारुण यन्त्र खरिद गरिएको सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो । वारुण यन्त्र संचालन खर्च धेरै हुने हुँदा एउटा मात्र पालिकालाई गाह्रो हुने भएकोले संयूतm रुपमा खरिद गरि संचालन गर्ने निर्णय चारवटै पालिकाले गरेको काकीको भनाई थियो ।
वारुण यन्त्र चारवटै पालिकालाई पाएक पर्ने स्थानमा राखेर संचालन गर्ने कञ्चन गाउँपालिकाका अध्यक्ष गोर्कण बहादुर क्षेत्रीले बताउनु भयो । उहाँले भन्नुभयो – “आपसी समझादारीमा जाने हो भने यसरी नै अरु ठुला योजनाहरु समेत संयूतm रुपमा संचालन गर्न सकिन्छ ।”
शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले स्थानिय तहहरुमा वारुणयन्त्र संचालनले सकारात्मक प्रभाव पार्ने बताउनुभयो । उहाँले प्रत्येक दिन नभई आकस्मिक रुपमा आउने विपद्लाई यस यन्त्रलाई प्रभावकारी ढंगले प्रयोगमा ल्याईने बताउनुभयो ।
गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले यस क्षेत्रमा वारुण यन्त्रको प्रयोगले स्थानियमा खुसी छाएको बताउनुभयो । यन्त्रको संरक्षण, कर्मचारी व्यवस्थापन, मर्मत सम्भार लगायतका काम चारैै तहले मिलेर गर्ने उहाँले बताउनु भयो ।
जिल्ला सुरक्षा समिति संग समन्वय गरेर वारुण यन्त्र संचालन गर्ने सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनु भयो । तत्काललाई १ चालक र एक सहयोगी कर्मचारी राखी अरु जनशतिmका लागी नेपाल प्रहरी र शस्त्र प्रहरीको सहयोगमा संचालन गर्ने योजना रहेको समेत भण्डारीले बताउनु भयो ।
चारवटा पालिकाको करिब ७४ लाखको लगानीमा वारुण यन्त्र खरिद गरिएको सैनामैनाका योजना प्रमुख ईन्जिनियर सुरज न्यौपानेले बताउनु भयो । सोमबार चार वटा पालिकाका प्रमुख, प्रशासकीय अधिकृत, कर्मचारीहरुले बारुण यन्त्रको क्षमता र प्रबिधिको जानकारी लिएका थिए । सोमबार नै यन्त्रको परिक्षण समेत गरिएको थियो ।








