नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई डेंगु लागेको आशंका गरिएको छ ।
उहाँले सोमबार टेकु अस्पताल पुगेर डेंगु परीक्षण गराउनु भएको हो । शनिबारबाट उच्च ज्वरो आएपछि डेंगुको आशंकामा उहाँ अस्पताल पग्नुभएको हो ।
केहि समयअगाडि सिंगापुर पुगेका गौतमलाई त्यहीबाट संक्रमण भएको हुनसक्ने चिकित्सकहरुले अनुमान गरेका छन् ।