वाणगंगा नगरपालिका डेङ्गु नियन्त्रण अभियान ४ नं. जितपुरको पुर्वपश्चिम राजर्मागको युनाईटेट अस्पताल अगाडीबाट मंगलबार सुरु शुरु भएको छ । वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा उपमेयर चक्रपाण्ी अर्याल, पमुख प्रसासकिय अधिकृत तुल्सीराम मरासिनी, इलाका प्रशासन कार्यलयका प्रमुख सागर अधिकारी, स्वास्थ्य कार्यलय कपिलवस्तुका भेक्टर कन्टोल अधिकृत उपयचन्द्र चौरासिया , स्वास्थ्य कार्यलय कपिलवस्तु क्षय कुष्ट अधिकृत मोहमद इरफान, सामाजिक विकास समिति संयोजक भिष्मराज भुषाल नगरपालिका भित्रका जनप्रतिनिधि, नगरपािलका भित्रका अस्पतालका प्रतिनिधि, उद्योग वाणिज्य संग, रोटरी क्लप,जेसिस, लायनस, वेयलफेर सोसाटि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि, जनपद र ससस्त्र प्रहरीका प्रतिनिधि विभिन्न अस्पतालका प्रतिनिधि, महिला स्वास्थ्य, स्वयम सेवीका, स्वास्थ्यचौकी प्रतिनिधि, नगर स्वास्थ्य केन्द्रका प्रमुख, सुहाराका फिल्डकार्यकताहरु र संचरकमिको सगभागितामा लागखुटेको वासस्थान खोजी गरी लार्भा नस्ट गरौ घरदैलो कार्यक्रमको शुभारम्व भएको हो वजार क्षेत्रमा धेरै हुने भएकाले मंगलबार र बुधबार चल्ने अभियानले पिपरा, वौरीया, चारनम्वर, मोतीपुर, वनगाई, कोपवा र ओदारीमा अभियान चलाउने स्वास्थ्य शाखा संहसंयोजक कमल ज्ञवालीले बताउनु भयो । साथै उहाँले २६ गतेबाट सम्पुर्ण वडामा पनि अभियान चल्ने बताउनु भएको छ । स्वास्थ्य शाखा संयोजक कृष्ण प्रसाद घिमिरेले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
वाणगंगा नगरपालिकामा डेङ्गु नियन्त्रण अभियान


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबै७७ वटै जिल्ला पूर्णखोप सुनिश्चितता घोषणा
६ घण्टा अघि
कीर्तिमानी धावक फौजा सिंहको ११४ वर्षको उमेरमा निधन
१० घण्टा अघि