गृहपृष्ठ खबर राष्ट्रिय जनमोर्चाले जागरण अभियान चलाउने

राष्ट्रिय जनमोर्चाले जागरण अभियान चलाउने

राष्ट्रिय जनमोर्चा दाङ देउखुरी ले गणतन्त्र ,राष्ट्रियता, धर्म निरपेक्षता, संघीयता, नागरिकता, भ्रष्टाचार, महङी, कर वृद्धि लगायतका विषयमा जागरण अभियान चलाउने निर्णय गरेको छ ।

उक्त अभियानमा स्थानीय रुपमा कोणसभा, प्रचा बितरण भेटघाट लगायतका कामहरु गरिने भएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा २०७६ असोज २ गते घोराहीमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

यसैगरी यहि असोज १० गते बुटवलमा हुने प्रदेश स्तरीय सभामा जिल्ला बाट जन सहभागीता गराउने योजना बनाएको छ ।

अगामी मंसिर महिना भित्रमा पार्टीको मुखपत्र बिगुल प्रकासन गर्ने निर्णय भएको छ । बैठक पछि जिल्ला अध्यक्ष गणेश आचार्य द्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

सम्बन्धित् समाचार