वैखरी अनलाइन संवाददाता
नेपाली काग्रेसको दोस्रो जागरण अभियान अन्तर्गत कपिलवस्तुको प्रदेश १ क मा काग्रेसले जागरण अभियान तिव्रता दिएको छ । क्षेत्र १ क मा पर्ने १३ वटै वडामा पुगेर काग्रेस जागरण अभियानमा ब्यस्त रहेको हो ।
जागरण अभियानमा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रनिनिधि सभा सदस्य अत्तहर कमाल मुसलवान, पुर्वमन्त्री दिप कुमार उपाध्याय, जागरण अभियानका केन्द्रिय प्रतिनिधि मिलन बाबु श्रेष्ठले वडामा आयोजित कार्यक्रममा बोल्दै काग्रेसले गुट उपगुट छोडे कसैले पहिलो पार्टी हुन बाट रोक्न नसक्ने बताएका छन ।
सरकार हरेक हिसावले कमजोर भई सकेको बताउदै काग्रेस आन्तरिक सुधारका साथ लागे पार्टी देशको पहिलो राजनितिक शतिm हुनेमा उनीहरुले जोड दिए । कार्यक्रममा क्षेत्र कका सभापति शालिकराम थारु सचिव प्रेम नारायण पौडेल, कृर्षी श्रमिक सघं कपिलवस्तुका अध्यक्ष बाल कुमारी अधिकारी पन्त, तरुण दल जिल्ला सभापति खोम बहादुर सिह लगायत पार्टीका जिल्ला नेताहरु तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
काग्रेसले हरेक दिन दुई वडाका नेता तथा कार्यकर्तालाई भेला गर्दै जागरण अभियान चलाइ रहेको छ ।