नवलपरासी / असोज / बर्दघाट उद्योग वाणिज्य सघंमा कार्य समिति विस्तार गर्ने क्रममा अध्यक्षले मनोमानी गरेर आफू अनुकुल व्यक्तिलाई कार्यसमितिमा ल्याएको भनि उद्योग वाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष, महासचिव ,तथा कार्यसमिति सदस्यले नोट अफ डिसेन्ट लेखी असहमति जनाउदै बैठकबाट बाहिरिएका छन ।
बर्दघाट उद्योग वाणिज्य सघंको अधिवेशन भएको केही समयपछि असोज ०५ गते बसेको बैठकले विधान सम्मत कार्य समिति विस्तारका लागि सदस्यता मनोयन गर्ने विषयमा आपसी समझदारी भईरहदा एक्कासी राजनितिक पुर्वाग्रह स्वरुप सहमतीमा प्रयास नगरी आफु अनुकुल सदस्यहरुलाई मनोनयन गरीएको भन्दै लोकतान्त्रीक गठबन्धनका प्रतिनिधीहरुले असहमती जनाएका छन ।
०५ गते बसेको बैठकले एसोसीयट सदस्यको रुपमा किसान पाईप , तथा महिला सदस्य दिलमाया राना , सदस्यहरुमा गगां पाठक तथा कृष्ण गौतमलाई मनोनीत गर्ने निर्णय गरेको थियो । यसरी नोट अफ डिसेन्टमा सम्पुर्ण ब्यापारी वर्गकोहरुको भावना लाई अवमुल्यन गर्दै हाम्रो संस्था उधोग वाणीज्य सघं बर्दघाटलाई अध्यक्ष ज्युले एक्लौटी र पुर्वाग्रही ढगंले संचालन र निर्णय गर्दै अगाडी बढेकोले असहमती रहेको जनाईएको थियो । अध्यक्ष लेखनाथ न्यौपानेसगँ सम्पर्क गर्ने प्रयास गरेकोमा सम्पर्क हुन नसकेको र असमत पदाधिकारीहरु सगं बुझ्दा हरेक निर्णयहरुमा एक्लौटी गरेर जाने गरेकाले यसरी संस्थागत विकास नहुने बताउनुभयो । आफुहरुले सहमती अनुसार नै २ २ जना मनोनीत गर्ने प्रस्ताव गरेकोमा उहाँले जबरजस्ती पुर्वक निर्णय गरेको बताउनु भयो ।
यसरी लोकतन्त्राको मान्यताको उपहास गर्दै बहुमतको दम्भले निर्णय गर्दै जाने प्रवृति अध्यक्षमा रहेको र सो प्रवृति हटाउन समेत आग्रह गरीएको संस्थाका वरिष्ठ उपाध्यक्ष राजु पाण्डेयले बताउनु भयो ।