गृहपृष्ठ खबर हसिंया बोकेर टोल सफाइमा निस्किए मेयर

हसिंया बोकेर टोल सफाइमा निस्किए मेयर

प्रकाशित मिति:

सुशिल गैरे ,बुद्धभुमी

बुद्धभुमी नगरपालिकामा शनिवार वडा स्तरिय सरसफाई कार्यक्रम सम्पन्न भएको छ . कार्यक्रम नगर प्रमुख केशव कुमार श्रेष्ठको उपस्थितिमा प्रत्येक घरबाट एक जनाको उपस्थिति गराई बुद्धभुमी नगरपालिका साविक महेन्द्रकोट ३ भेलाईको दक्षिण क्षेत्रबाट नगर प्रमुखले झाडी फडानी गरी औपचारिक रूपमा  कार्यक्रमको शुरुवात गर्नु भएको थियो  l

 

सरसफाई टोलीले त्यहाका झाडीहरू मात्र नभई त्यहा रहेका अव्यवस्थित फोहोरलाई सहि ठाउमा व्यवस्थापन गरेको छ . कार्यक्रम साविक महेन्द्रकोट गा वि स को अन्य वडामा पनि बृहत रूपमा सन्चालन गरिने वडा अध्यक्ष तेज बहादुर बस्नेत तिलक ले बताउनु भयो l

आउदै गरेको बढा दशैँ तथा डेंगी रोगको व्यापक प्रकोप देखिएको कारणले गर्दा सरसफाइमा बिशेष ध्यान दिनु पर्ने नगर प्रमुखले बताउनु भयो l

सरसफाईको शुरूवात चेतना अभिबृद्धि गर्न गरिएको हो  सधै जनप्रतिनिधि शिक्षक शिक्षा निकाएका व्यक्ति आएर  गाउ टोल वस्ती सरसफाई हुँदैन स्थानियहरू जागरुक भए मात्र नगरको सरसफाइमा मद्त पुग्ने मेयर श्रेष्ठले बताउनु भयो

सम्बन्धित् समाचार