जनप्रतिनिधिहरुलाई बेला बखत विभिन्न अरोप लागि रहेको अवस्थामा कपिलवस्तुका जन प्रतिनिधिलाई नेकपाले प्रशिक्षण दिने भएको छ । नेकपा कपिलवस्तुको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला स्तरीय नेताका लागि असोज २४ गते प्रशिक्षण संचालन गर्ने भएको हो । जिल्ला पार्टी कार्यालय कपिलवस्तुको विहिबार सम्पन्न वैठकले यस्तो निर्णय गरेको नेकपा कपिलवस्तुले जनाएको छ ।
पिस हिमालय रिसोट जितपुरमा हुने प्रशिक्षण प्रदेश नं। ५ का मूख्य मन्त्री तथा नेकपा प्रदेश नं। ५ का इन्चार्ज शंकर पोख्रेलले दिनु हुने छ । त्यस्तै सम्पन्न कार्यालयको वैठकले विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा कात्तिक ६ गते जिल्ला पार्टी कार्यालय तौलिहवामा आयोजना गर्ने निर्णय छ । वैठक नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता र सचिव रामचन्द्र शाहको संचालनमा सम्पन्न भएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।