गृहपृष्ठ Featured जेसिस कपिलवस्तु द्धारा दशैं, तिहार, छठ पर्वको शुभकामना आदान प्रदान

जेसिस कपिलवस्तु द्धारा दशैं, तिहार, छठ पर्वको शुभकामना आदान प्रदान

प्रकाशित मिति:

जेसिस कपिलवस्तुले दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । जेसिसले आफ्ना सदस्यहरु बिच शुभकामना साटासाट गरेको हो । नवदुर्गाको नवाै‍  दिन जेसिस कपिलवस्तुले आफ्नै भवनमा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

सोहि कार्यक्रममा कपिलवस्तु जेसिसका संस्थापक अध्यक्ष कमल देव मल्ल सम्मानित भएका छन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको केन्द्रीय उपाध्यक्ष भएकोमा उनलाई जेसिस कपिलवस्तुले दोसल्ला ओढाएर सम्मान गरेको हो ।

कार्यक्रममा कपिलवस्तु जेसिसका संस्थापक अध्यक्ष कमल देव मल्ल, ,संस्थापक महासचिव डोलखराम घिमिरे , कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल , कार्यकारणी उपध्यक्ष गुरुदेव पौडेल, जेसि विनोद पन्थ , जेसि बोर्डका सल्लाहकार सुशिल पौडेल ,सन्जु चैधरि , पुरन प्रसाद थारु , लगाएतले शुभकामना राखेका थिए ।

 

कपिलवस्तु जेसिस वर्ष २०१९,०२०का अध्यक्ष खुमानन्द घिमिरेको अध्यक्षता ,कार्यक्रमका संयोजक जेसि चन्द्रकान्ता पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कपिलवस्तु जेसिसका महासचिव शुसिल खत्रिले गरेका थिए । कार्यक्रममा पत्रकार ,समाजसेवि लगाएतको उपस्थीति रहेको थियो ।

सम्बन्धित् समाचार