खेल जिवन स्वास्थ्यको पहिचान , खेलाडिलाई सम्मान हाम्रो अभियान भन्ने मुल नाराका साथ वरबामा तेस्रो नगर स्तरीय पुरुष भलिवल प्रतियोगीता एवम विविध सास्कृतिक कार्यक्रम आजबाट सुरु भएको छ ।
सुर्योदय क्लव वाणगगाँ बरबाको आयोजना र वाणगंगा नगरपालीकाको सहआयोजनामा सञ्चालीत उक्त कार्यक्रम कार्तिक ४ गते सम्म चल्ने छ । कार्यक्रम सुर्योदय युवा क्लवका अध्यक्ष झविन्द्र भुषालको अध्यक्षता , वाणगंगा नगरपालीकाका नगर प्रमुख मगंल प्रसाद थारुको प्रमुख आथित्यता , वडा नं. ११ का अध्यक्ष सोमनाथ अर्याल ,सुर्याेदय मा वि का प्रधानाध्यापक जगनाथ मरासिनी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम क्लवका सदस्य सुवास पौडेलको स्वागत , हरि ढुगांनाको सञ्चालनमा सम्पन्न भएको थियो । खेलमा ११ समुह बिच प्रतिष्प्रधा हुनेछ । प्रमथ पुरस्कार २१ हजार ,द्धितिय ६ हजार र तृतिय पुरस्कार ३ हजार र मेडल रहेको छ । आजको पहिलो खेलमा सुर्योदय क्लव ए र बि बिच प्रतिष्प्रधा हुदै छ ।अन्तिम दिन ४ गते लोक तथा दोहोरी गायकको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।