गृहपृष्ठ अर्थ/वाणिज्य बन्धन सिमेन्टको “बन्धनको साथमा ३० तोला सुन हातमा” योजना सार्वजनिक

बन्धन सिमेन्टको “बन्धनको साथमा ३० तोला सुन हातमा” योजना सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं भदौ १७ । नेपाल अल्ट्राटेक कम्पनीको उत्कृष्ट उत्पादन बन्धन सिमेन्टले चाडपर्वको मौसममा “बन्धनको साथमा ३० तोला सुन हातमा” भन्ने योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत बन्धन सिमेन्टको प्रत्येक ३० बोरा खरिदमा ग्राहकलाई १ वटा स्क्र्याच कुपन प्रदान गरिने छ । स्क्र्याच कुपनमा स्क्र्याच गरी करोडौंं नगद, सयौं तोला चाँदी, १९० लि. हाइसेन्सको फ्रिज, ५५ इन्च हाइसेन्सको स्मार्ट टि.भी मध्ये कुनै एक तुरुन्तै जित्न सक्नुहुने छ भने हरेक हप्ता लक्की ड्र मार्फत् हिरो कम्पनीको प्लेजर स्कुटर जित्ने मौका पनि मिल्ने छ । त्यसै गरी बम्परमा ३० तोला सुन जित्ने मौका पनि मिल्नेछ


यस योजनामा सहभागी हुन सहभागीहरुले ३० बोरा बन्धन सिमेन्टको खरिदमा प्राप्त भएको कुपनमा उल्लेख भएको युनिक कोडलाई उल्लेख गरिएको नम्बरमा एस एम एस गरी दर्ता गर्नु पर्ने छ । लक्की ड्रको प्रत्यक्ष प्रसारण कम्पनीको फेसबुक पेज मार्फत गरिने कुरा कम्पनीका निर्देशक श्री मनिष मारुले बताउनु भयो । साथै वहाँले बन्धन सिमेन्टको गुणस्तरीयता एवं यसको प्रविधिका बारेमा पनि जानकारी दिनुभयो । बन्धन सिमेन्ट नेपालको पूर्वी भेगमा अत्यन्त सफल एवं पकड जमाएको सिमेन्ट हो । १०० प्रतिशत गुणस्तरीय कच्चा पदार्थहरुको प्रयोग गरी तयार पारिएको बन्धन सिमेन्टले कण कणमा अटुट बन्धनको मजबुती प्रदान गर्दछ ।

सम्बन्धित् समाचार