गृहपृष्ठ Featured सुस्मिताले गरिन अदालतमा बाणगंगा नगरपालिका बिरुद्ध मुुद्धा दायर

सुस्मिताले गरिन अदालतमा बाणगंगा नगरपालिका बिरुद्ध मुुद्धा दायर

कपिलवस्तुको बाणगंगा नगरपालिकालाई नागरिकता नपाएपछि पिडित सुस्मिताले बाणगंगा नगरपालिका बिरुद्ध आज मुद्धा दर्ता गरेकि छन ।

तुल्सीपुर उच्च अदालत बुटवल इजलाशमा आज पिडित बरालले 076—wo—0052 मा नगरपालिका बिरुद्ध मुद्धा दर्ता गरेकी छन ।

पिडित बराल असोज २३ गतेबाट नागरिकता पाउनका लागी भन्दै वडा कार्यालय धाउदै आएकोमा बाणगंगा नगरपालिका वडा नः ७ का वडा अध्यक्ष बिष्णु गरिले सुरुमा आलटाल गर्दै आएकोमा पछि गएर बसाईसराई दिन्छु नागरिकता सिफारिस नदिने बताएपछि पिडित पक्ष अदालतसम्म पुगेको हो ।

नागरिकता नपाउदा पिडित सुस्मिता बराल नर्सिङ लाइसेन्सबाट बञ्चीत समेत भएकी छन । यस बिषयमा शुक्रबार पेशी रहेको पिडित पक्षले वैखरी अनलाइनलाई बताएका छन ।

मुद्धा दायरपछि बाणगंगा नगरपालिका , मेयर मगंल प्रसाद थारु, वडा नः ७ को कार्यालय र त्यहाँका वडा अध्यक्ष बिरुद्ध अदालति प्रक्रिया पछि नागरिकता पाउने नपाउने ठहर हुनेछ ।

यद्यपि बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले पिडित सुस्मिता बाणगंगामै पढेकी, हुर्केकी यद्यार्थ रहेकोले नागरिकता पाउनु पर्छ भन्दै आई रहेका छन ।

उता वडा अध्यक्ष गिरिले बुवा आमा काग्रेस भएकाले र बुवासगं पुरानो जग्गाको रिसिबिले भएकाले आफुलाई नागरिकता सिफारिस नदिएर भविष्य अन्यौलमा पार्न खाजेको पिडित बरालले बताएकी छन।

सम्बन्धित् समाचार