गृहपृष्ठ अर्थ/वाणिज्य पहिलोपटक घर किन्दा ७० प्रतिशतसम्म कर्जा

पहिलोपटक घर किन्दा ७० प्रतिशतसम्म कर्जा

पहिलोपटक घर तथा अपार्टमेन्ट किन्ने व्यक्तिले अब बैंक तथा वित्तीय संस्थाबाट कुल लागतको ७० प्रतिशतसम्म कर्जा पाउने भएका छन् ।

यसअघि बैंकहरुले यस्तो आवास किन्न काठमाडौं उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत कर्जा प्रवाह गर्दै आएका थिए ।

नेपाल राष्ट्र बैंकले शुक्रबार एकीकृत निर्देशन संशोधन गरेर नयाँ व्यवस्था ल्याएको हो ।

नयाँ निर्देशनअनुसार ऋणीले बैंकबाट रु १ करोड ५० लाखसम्म यस्तो कर्जा पाउने छन्। यो समाचार आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।

सम्बन्धित् समाचार