गृहपृष्ठ खबर सातवटा सुरुङमार्ग बनाउँदै सरकार, यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाइने

सातवटा सुरुङमार्ग बनाउँदै सरकार, यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाइने

सातवटा सुरुङमार्ग बनाउँदै सरकार, यसै वर्ष डीपीआर तयार गरी काम अगाडि बढाइने

सरकारले देशका विभिन्न सात स्थानमा सुरुङमार्ग निर्माण गर्ने तयारीमा जुटेको छ ।

यसका लागि चालू आर्थिक वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम सकिने र त्यसलगत्तै ती स्थानमा सुरुङमार्ग बनाउने तयारीमा सरकार रहेको छ ।

सरकारले चित्लाङ, टोखा–छहरे, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायतका सात स्थानमा सुरुङमार्गको डीपीआर बनाउने काम गरिरहेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठका अनुसार हाल डीपीआरका लागि अध्ययनको काम भइरहेको छ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

सम्बन्धित् समाचार