कञ्चन जेसिसले “भ्रमण बर्षको शान नेपालको पहिचान“ शिर्षकमा संचालन गरेको वक्तृत्वकला प्रतियोगिताको उपाधी बुद्धदिप आवासिय अंग्रेजी माध्यमिक बिद्यालयका अश्विन शर्माले हात पारेका छन ।
“ब्यक्तीको पहिचान उसको अन्तरनिहित प्रतिभाले निर्धारण गर्छ” भने नारा सहित कञ्चन जेसिजले समृद्ध कञ्चनका लागि युवाहरुको भुमिका शिर्षकमा अडिसन राउण्ड प्रतियोगिता संचालन गरि ३१ बिद्यालयबाट सहभागी बिद्यार्थीहरुबाट १४ जना प्रतियोगीहरुलाई फाइनल राउण्डमा छनौट गरेको थियो।
प्रतियोगितामा बुद्धदिप आवासिय अंग्रेजी माध्यमिक बिधालयका अश्विन शर्माले प्रथम स्थान हासिल गरी भ्वाईस अफ कञ्चनको उपाधी संगै नगद रु ९ हजार र सम्मान पत्र प्राप्त गरेका छन भने लुम्बिनी ज्ञाननिकेतन माध्यमिक बिद्यालयकी अस्मिता सापकोटा दोश्रो र हरैया माध्यमिक बिद्यालयका हिमाल सापकोटाले तेश्रो स्थान हासिल गरि क्रमश नगद रु.७ हजार र रु.५ हजार सहित सम्मान पत्र प्राप्त गरेका छन ।
छनौट चरणबाट फाईनल राउण्डमा प्रबेश पाएका १४ अन्तिम प्रतियोगीहरुलाई रुपन्देहीको पर्यटकिय स्थल दानापुरतालमा प्रतिष्पर्धा गराईएको थियो ।
भ्रमण बर्ष २०२० लाई सार्थक रुपमा सफल बनाउन र आन्तरिक पर्यटन क्षेत्रको प्रबर्द्धन गर्ने उद्धेश्यका साथ संचालन गरिएको भ्वाईस अफ कञ्चनको फाइनल प्रतियोगिता संचालन गरिएको हो ।
भ्वाईस अफ कञ्चन फाईनल प्रतियोगिताका प्रमुख अतिथि रुपन्देही क्षेत्र ५ नंबर प्रदेश (क) का सांसद भुमिश्रर ढकालले कञ्चन जेसिजले युवाहरुको अन्तरनिहित क्षमताको खोजी गरी भ्रमण बर्षलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रमले युवाहरुमा सकारात्मक कार्यमा अग्रसर बनाउन सहयोग मिल्ने बतानुभएको छ ।
नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन कञ्चन जेसिसले आयोजना गरेको भ्वाईस अफ कञ्चनले महत्वपुर्ण इट्टा थप्ने उहाँले बताउनुभयो । प्रतियोगिहरुले आफ्नो बिचारको रुपमा राखिएका महत्वपुर्ण बिचारहरुले भर्मण बर्ष मनाउदै गर्दा अझ धेरै काम गर्न बाकी रहेको महसुस भएको सांसद ढकालले बताउनु भएको छ।
सांसद ढकालले प्रदेश ५ भित्र रहेका पर्यटक स्थलहरुको पहिचान गरि रुरु क्षेत्रलाई हरिद्वारको रुपमा बिकास गर्ने बताउदै देश भित्रका आन्तरिक पर्यटक र बाह्य पर्यटकहरुलाई रुरु क्षेत्रमा भित्र्याउने योजना सहित प्रदेश सरकार अगाडी बढेको बताउनु भएको छ।
जेसिज नेपालका केन्द्रीय उपाध्यक्ष अर्जुन अधिकारीले जेसिजले युवाहरुलाई सृजनात्मक समाजसेवामा लाग्नको लागि उत्प्रेरित गर्ने युवाहरुको अन्तराष्ट्रिय संस्था भएकाले जेसिजमा संलग्न युवाहरु सदैब समाजप्रति सकारात्मक हुने र समाज परिबर्तनमा अगुवा बन्नको नेतृत्व क्षमताको बिकास गरिए युवाहरुलाई स्वदेशमै उधमशिल बनाउन उत्प्रेरित गर्न सकिने बताउनुभएको छ । उहाँले भ्वाईस अफ कञ्चनमा सहभागी प्रतियोगीहरुको बिचारलाई मात्र मनन गर्न सक्ने हो भने भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेतृत्व तहलाई मार्ग निर्देशन हुने बताउनु भएकोछ।
कञ्चन गाँउपालिकाका उपाध्यक्ष गोमा तरामु, सैनामैना जेसिज बर्ष २०१८ का अध्यक्ष बिमल ज्ञवाली लगायतले भ्रमण बर्ष २०२० को शान,नेपालको पहिचानलाई सार्थक बनाउन महत्वपुर्ण भुमिका निभाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।
प्रतियोगीहरुले नेपालको भ्रमणमा आएका पर्यटकहरुलाई नेपाली संस्कार अनुसार मीठो मुस्कानमा स्वागत गरि नेपालको भ्रमण गर्नको लागि प्रोत्साहन गरिनु पर्ने,भ्रमणमा आएका पर्यटकहरुलाई सुरक्षित यात्रा गर्न र सुरक्षित बसोबासको ब्यबस्था गर्न,नेपाल बहुधार्मिक बहुजातिय बहुसांस्कृतिक र बहुभाषिक देश भएकोले देशमा बोलिने ती विभिन्न भाषा,जाति धर्म तथा संस्कारहरुको बारेमा ज्ञान भएको पथ पर्दशकले मात्र पर्यटकहरुलाई नेपालको पहिचान दिने गरि परिचय गराउने भएकोले दक्ष पथ पर्दशकको उत्पादनमा ध्यान दिनु पर्ने र स्थानिय पर्यटकिय स्थलहरुको संरक्षण र प्रबर्धन गरि प्रचार प्रसार जस्ता कार्यहरु स्थानिय,प्रदेश र केन्द्र सरकारले गर्नु पर्ने बताएका थिए।
कञ्चन जेसिज २०१९ का अध्यक्ष चुडामणी पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जेसिजको आस्था पाठ कञ्चन जेसिजका उपाध्यक्ष मोहराज पौडेल र कार्यक्रम संयोजक बाबुराम पौडेलले स्वागत गर्नु भएको थियो । रामापुर माध्यमिक बिद्यालयका सह प्रधानाध्यापक धनि प्रसाद शर्मा र ऋषीराम न्यौपानेले प्रतियोगितामा निर्णायकको भुमिका निर्बाह गर्नु भएको थियो। कार्यक्रम जनज्योती आधारभुत बिद्यालय गजेडीमा सम्पन्न भएको हो।