कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ ले कम्प्युटर तालिम सुरु गरेको छ । वडा भित्रका ५० बढि युवायुवतिका लागी लक्षित गरि कम्प्युटर तालिम सुरु गरिएको हो । उद्यघाटन कार्यक्रममा बोल्दै बाणगंगा नगरपालिकाका उपमेयर चक्र अर्याल, वडा अध्यक्ष नथा बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेल, पत्रकार अशोक पौडेल।
टोल समितिका अध्यक्ष अमर बहमदुर रेश्मी वडा सचिव नरेन्द्र पोखरेल लगायतले आआफनो धारणा राखेका थिए । कम्प्युटर तालिम तीन महिनासम्म चल्ने बताइएको छ । वडाले गत बर्ष पनि कम्प्युटर तालिम सञ्चालन गरेको हो । वडा भित्रका सबैलाई प्रविधि बारे जानकार गराउन र सक्षम बनाउन आवश्यक रहेकाले कम्प्युटर तालिम सञ्चालन गरिएको वडा अध्यक्ष पौडेलले वैखरी अनलाइनलाई बताएका छन ।