गृहपृष्ठ खबर नगरबासीलाई प्रविधिबारे जानकार गराउनु आवश्यक ः चक्र अर्याल

नगरबासीलाई प्रविधिबारे जानकार गराउनु आवश्यक ः चक्र अर्याल

प्रकाशित मिति:

नगरबासीलाई प्रविधिबारे जानकार गराउनु आवश्यक ः चक्र अर्यालकपिलवस्तुको बाणगंगा नगरपालिकाका उप प्रमुख चक्र अर्यालले बाणगंगाबासीलाई आधुनिक प्रविधिसगं जानकार गराएर अगाडी बढे नगरपालिकाले दिर्घकालिन सफलता हासिल गर्ने बताएका छन । बाणगंगाको वडा नः २ मा कम्प्युटर तालिमको उद्यघाटन कार्यक्रममा बोल्दै उप प्रमुख चक्र अर्यालले समय सापेक्ष नगरबासी प्रविधि बारे जानकार हुनु आवश्यक रहेको बताउदै हरेक घरका सदस्यलाई कम्पयुटर तालिमको आवश्यकता रहेको बताए । प्रविधिबारे जानकार नभए परिवार , वडा देखि नगरको बिकास पछि पर्ने उनको बिचार छ ।

कार्यक्रममा वडा अध्यक्ष नथा बाणगंगा नगरपालिकाका प्रवतmा बिष्णु पौडेल, पत्रकार अशोक पौडेल। टोल समितिका अध्यक्ष अमर बहमदुर रेश्मी वडा सचिव नरेन्द्र पोखरेल लगायतले आआफनो धारणा राखेका थिए । कम्प्युटर तालिम तीन महिनासम्म चल्ने बताइएको छ । वडाले गत बर्ष पनि कम्प्युटर तालिम सञ्चालन गरेको हो ।

वडा भित्रका सबैलाई प्रविधि बारे जानकार गराउन र सक्षम बनाउन आवश्यक रहेकाले कम्प्युटर तालिम सञ्चालन गरिएको वडा अध्यक्ष पौडेलले वैखरी अनलाइनलाई बताएका छन ।

सम्बन्धित् समाचार