कपिलवस्तुको बाणगंगा नगरपालिका र कपिलवस्तु उद्योग बाणिज्य सघंको आयोजनामा बाणगंगामा कर सप्ताह सुरु भएको छ । नगरपालिका भित्रका ११ वटै वडामा कर सप्ताह कार्यक्रम चार नः जितपुुरबाट सुरु भएको हो । चार नः जितपुरमा ¥याली निकाल्दै कपिलवस्तु उद्योग बाणिज्य सघंको भवनमा गई कोण सभा गर्दै सप्ताह सुरु भएको हो ।

कार्यक्रममा नगरपालिका उप प्रमुख चक्र अर्याल, कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटा, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, निबर्तमान अध्यक्ष यज्ञ प्रसाद भट्टराई, सल्लाहकार टोप नारायण बेलबासे, वडा अध्यक्ष गुणनिधि भुसाल, आन्तरिक राजस्व कार्यालयका प्रमुख पुर्णचन्द्र न्यौपाने लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा २ सय बढिको सहभागिता रहेको नगरपालिकाका केशव भट्टराईले वैखरी अनलाइनलाई जानकारी दिए ।








