गृहपृष्ठ Featured काग्रेस सांसद कमालको पहलमा कपिलवस्तुमा अति बिपन्न एकल महिलालाई नौ लाखको घर

काग्रेस सांसद कमालको पहलमा कपिलवस्तुमा अति बिपन्न एकल महिलालाई नौ लाखको घर

प्रकाशित मिति:

कपिलवसतुकाे मायादेबी गाउपालिका– ५ सेमराहनाकी बिपन्न एक महिलालाई नौ लाखको घर बनाएर हस्तान्तरण गरिएको छ । स्थानीय ६० बर्षिया नजरुन निशालाई कतार च्यारेटीको आर्थिक सहयोमगा लिडो नामक संसथको अगुवाईमा ट्रस्टको छानोले बनेको घर निर्माण गरी हस्तान्तरण गरिएको हो । २ कोठे घरमासंगै शौचालय, बिद्यतु बायरिङ नुहाउने कोठा, भान्सा र अध्ययनकालागि छुट्टै कक्ष समेत छन । यस्तै पलंग, बिछौना, स्टील दराज, भान्साकालागि चाहिने सेट समेत दिईएको छ । यस्तै घर बाहिर मोटर सहीतको खानेपानी टंकी समेत जडान गरिएको छ । संपत्तिको नाममा ५ धुर जग्गा मात्र छ । त्यही जग्गामा घर निर्माण गरी कतार च्यारेटी र लिडोले एक कार्यक्रमका बिच नजरुनलाई घर हस्तान्तरण गरेकोे हो । सांसद अतहर कमाल र प्रदेश सदस्य बसीउीन खाले रिबन काटेर घर प्रबेश गरिएको थियो ।

एक दशक अघि पति गुमाए पछि ६ जना सन्तानलाई मिहीनेत मजदुरी गरी पाल्दै आएकी थिईन । फुसको घरमा बर्षो देखि गुजार चलाउदै आएकी नजरुनले कतार च्यारेटीले आफुलाई जीवनको सबै भन्दा ठुलो उपहार दिएको बताईन । ‘ यति सुुन्दर घरमा बस्न पाईनछ भन्ने कल्पना समेत गरेका थिईन, कतार च्यारेटी अल्लाह बनेर आयो ’ घर पाएर निकै हर्षित बनेकी उनले भनिन ‘ बर्षोको सपना बल्ल साकार भो ’ । छरछिमेकमा मिहीनेत मजदुरी गरे परिवारको पेट पाल्दै आएकी नजरुनलाई बिहे गरे पछि छोराहरु अलग बस्र्दै आएका छन । अहिले उनीसंग एक छोरा र एक छोरीसाथमा छन । कान्छी छोरी असिना खातुनले घरले आफनो परिवारमा खुशीको बर्षा भएको बताईन ।

‘ छाक टार्र्न धौ धौ थियो, यति सुन्दर घरको त यो जीवनम आशै थिएन ’ उनले भनिन ‘ तर कतार च्यारेटीले हामी जस्तो वास्तविक बिपन्न परिवारलाई ठुलो खुशी दिएको छ ’ । ‘ हावाहरी पानी पर्दा खानबस्न निकै कठिन थियो,’ उनले बिगमामा पाएको दुःख संझदै भनिन ‘ अब ति दिनहरु गए, आफनै सुन्दर घरमा ढुक्कसंग बस्छौ ’ । सांसद अतहर कमाालले सही ठामउा लगानी गरेको बताए । अति बिपन्न परिवारलाई कतार च्यारेटीले सहयोग गरेकोमा अभार प्रकट गरे ।

प्रदेश सदस्य बसीउद्दीन खाले अति बिपन्न र त्यसमा पनि एकल महिलालाईं कतार च्यारेटीले ठुलो सहयोगमा गरेको बताए । उनले च्यारेटीले अरु बिपन्न परिवारलाई पनि यस्ता घरहरु निर्माण गरी दिनु पर्ने बताए । कतार च्यारेटीका ईन्जीनीयर हामिद फैसलको डिजनाईमा ३ महिना लगाएर घर निर्माण गरिएको थियो । सो अवसरमा ईन्जीनीयर फैसललाई लिडोले कदर पत्र प्रदान गरेको थियो । लिडो संसथाकी ब्यवस्थापक सुनिता बेल्बासेले च्यारेटीले रुपन्दहीको दक्षिणीपालिकाहरुमा ५ सिर्चाई आयोजना र चाअर शौचालय निर्माण गरेको बताईन

सम्बन्धित् समाचार