गृहपृष्ठ Featured हटाइने भनेका मन्त्री ‘ढुक्क’, मन्त्रिपरिषद् ‘पुनर्गठन’ अझै रहस्यमय

हटाइने भनेका मन्त्री ‘ढुक्क’, मन्त्रिपरिषद् ‘पुनर्गठन’ अझै रहस्यमय

प्रकाशित मिति:

काठमान्डाैं / मन्त्रिपरिषद् पुनर्गठन हुने समाचार अझै पुष्टि हुनसकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले हटाउने भनिएका मन्त्रीहरुले नै ‘हामी निरन्तरता पाउनेमा ढुक्क छौं’ भनेपछि ‘पुनर्गठन’ अझ रहस्यमय बनेको छ । एक सातादेखि प्रधानमन्त्री ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने चर्चा शुरु भए पनि त्यो कार्यान्वयनको तहसम्म पुगेको छैन ।

नेकपा नेतृत्वको सरकार गठन भएको डेढ वर्ष पुग्दासमेत जनअपेक्षाअनुसार मन्त्रीहरुले कार्यसम्पादन गर्न नसकेको भन्दै प्रधानमन्त्री अ‍ोलीले मन्त्रिमण्डल पुनर्गठनको गृहकार्य अघि बढाए पनि त्यसलाई कार्यान्वयन भने गरेका छैनन् । यसले गर्दा सरकारको काममा अन्योल र आलस्यता बढेको टिप्पणी गर्न थालिएको छ । आजको नेपाल समाचारपत्रमा खबर रहेकाे छ ।

सम्बन्धित् समाचार