रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सैनामैना उद्योग वाणिज्य संघले संचालन गर्ने चौथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन, तथा औद्योगिक व्यापार महोत्सव २०७६ का लागि मुल आयोजक समिती गठन भएको छ । संघको बुधबार बसेको कार्यसमिती बैठकले विभिन्न विषयगत कार्य सम्पादनका लागि संघका अध्यक्ष राज बहादुर क्षेत्रीको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मुल आयोजक समिती गठन गरेको हो ।
बरिष्ठ उपाध्यक्ष प्रेम बहादुर खड्का, उद्योग उपाध्यक्ष रिम बहादुर श्रेष्ठ र वाणिज्य उपाध्यक्ष ऋषिराम पाण्डेयलाई सहसंयोजकको जिम्मेवारी दिईएको छ । उहाँहरुलाई क्रमश ः स्टल निर्माण तथा वितरण व्यवस्थापन उपसमिती, वित्तिय संघ संस्था तथा पर्यटन प्रर्वद्धन, तालिम, गोष्ठी समन्वय उपसमिति र गेट,टिकट बिक्री वितरण व्यवस्थापन उपसमितीको संयोजकको जिम्मेवारी प्रदान गरिएको संघले जनाएको छ ।
यसैगरी संघका महासचिव दिपक अधिकारीलाई सदस्य सचिवको जिम्मेवारी दिनुका साथै सचिवालय व्यवस्थापन, समुद्घाटन समापन, पत्राचार, परिचय–पत्र व्यवस्थापन तथा वितरण उपसमितिको संयोजकको जिम्मेवारी तोकिएको छ । त्यस्तै कोषाध्यक्ष टिकाबहादुर शाहीलाई आर्थिक व्यववस्थापन समितीको कार्य सम्पादन दिइएको छ भने सचिव हिमाल गैरेलाई सांस्कृतिक कार्यक्रम व्यवस्थापन उपसमितीको संयोजकको जिम्मवारी दिइएको हो ।
कार्य सम्पादनका लागि संघले मूल्याङ्कन उपसमितिको संयोजकमा संघका सल्लाहाकार खुसीराम चौधरी, अनुगमन तथा निरीक्षण उपसमितिको संयोजकमा कानुनी सल्लाहाकार धन बहादुर के.सी र मिडिया व्यवस्थापन उपसमितिको संयोजकमा संघका प्रेस सल्लाहाकार अमृत गिरीलाई जिम्मेवारी प्रदान गरेको छ । त्यस्तै बैठकले कार्यसमिति सदस्यहरुलाई पनि विभिन्न जिम्मेवारीहरु प्रदान गरेको छ । बाल उद्यान व्यवस्थापन तथा रेखदेख उपसमितिमा मित्र बहादुर भुसाल, मञ्च, प्रवेशद्वार , हाईवे गेट तथा सचिवालय निर्माण एवं सजावट व्यवस्थापन उपसमितिमा लालबहादुर विश्वकर्मा, विज्ञापन संकलन, व्यवस्थापन उपसमितिमा कृष्णप्रसाद पोख्रेल र झाँकी तथा जनचेतना ¥याली व्यवस्थापन उपसमितिमा चाम बहादुर क्षेत्रीलाई जिम्मेवारी दिईएको उद्योग संघले जानकारी दिएको छ ।
यसैगरी विद्युत तथा खानेपानी व्यवस्थापन उपसमितीमा विष्णुप्रसाद पाण्डे, प्रचार प्रसार तथा उद्घोषक व्यवस्थापन उपसमितिमा लोकनाथ अधिकारी, प्रदुषण नियन्त्रण तथा सरसफाई व्यवस्थापन उपसमितिमा मुक्तबहादुर थापा, खाना तथा जलपान एवं खाद्य व्यवस्थापन उपसमितिमा नारायणप्रसाद पन्थ एवम् साउण्ड सिस्टम व्यवस्थापन उपसमितिमा माधवप्रसाद ज्ञवालीलाई जिम्मेवारी प्रदान गरिएको छ । औद्योगिक व्यापार मेला गर्नका लागि संघले आन्तरिक तथा बाह्य सुरक्षा व्यवस्थापन उपसमितिमा मित्रमणि खनाल, छायाङ्कन व्यवस्थापन उपसमितिमा कमल अर्याल, खेलकुद व्यवस्थापन उपसमितिमा छविलाल न्यौपाने, स्वयंसेवक परिचालन तथा पार्किङ्ग व्यवस्थापन उपसमितीमा टंकनाथ भट्टराई र प्रमाण–पत्र, व्यानर, उपहार तथा पुरस्कार व्यवस्थापनका लागि अर्जुन भण्डारीलाई जिम्मेवारी दिईएको हो ।
यसैगरी अतिथी स्वागत तथा सत्कार उपसमितिमा सावित्रा शर्मा न्यौपाने, कृषि प्रविधि तथा महिला उद्यमी उत्प्रेरक उपसमितिमा शान्ति बराल शर्मा, अतिरिक्त क्रियाकलाप उपसमिति (मम्मी डान्स तथा विद्यालयस्तरीय लोक नृत्य) मा चन्दा भण्डारी र प्राथमिक उपचार व्यवस्थापन उपसमितिमा चमकला बम्रेललाई जिम्मेवारी प्रदान गरिएको सैनामैना उद्योग वाणिज्य संघले जनाएको छ ।
व्यापार महोत्सव आगामी पौष २४ देखी माघ ६ गते सम्म हुनेछ । महोत्सव सैनामैना ४ मुर्गिया स्थित पर्रोहा माध्यमिक विद्यालयको अगाडिको खेल मैदानमा संचालन हुनेछ ।