एघारौ कपिलवस्तु महोत्सव अन्र्तगत हुने एघारौ कपिलवस्तु डान्स आइडलको अडिसन शुक्रबार र शनिबार हुने भएको छ । बाणगंगा वेलफेयर सोसाइटी चार नः जितपुरद्धारा आयोजना हुन लागेको एघारौ कपिलवस्तु महोत्सव अन्र्तगतको आइडलका लागी शुक्रबार र शनिबार अडिसन हुन लागेको हो ।
मंसिर ६\७ गते दिउसो १ बजेबाट अडिसन हुने डान्स आइडल संयोजक अमृत केसिले वैखरी अनलाइनलाई जानकारी दिएका छन । इच्छुकलाई छिटो सम्र्पक गरी प्रतिभा देखाउने यो मौका नगुमाउन समेत वेलफेयरका निबर्तमान अध्यक्ष पदम सेनले बताए । यही मंसिर १९ बाट पुस १ गतेसम्म महोत्सवको आयोजना हुदैछ ।