गृहपृष्ठ खबर रुपन्देहीको कन्चन १ मा श्रीमद भागवत महोत्सव शुरु

रुपन्देहीको कन्चन १ मा श्रीमद भागवत महोत्सव शुरु

प्रकाशित मिति:

रुपन्देहीको कन्चन गाउँपालिका वडा न १ रामनगरमा श्रीमद्भागवत महोत्सव शुरु भएको छ । पितृ उद्वार तथा मन्दीर निर्माणार्थका लागि १३ गते आजदेखी शुरु भएको श्रीमद्भागवत १९ गतेसम्म चल्ने छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रिको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष गोमा तरामुको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी क्षेत्रीले कञ्चन गौरब गर्ने पालिका रहको र यहाँ थुप्रै धार्मिक स्थलका साथै गजेडी तालको बरको रुख मठ मन्दिर जसलाई राम्रोसङ्ग व्यवस्थापन गरी अगाडि बढ्ने गाउँपालिकाको योजना रहेको बताउनु भएको छ।

सम्पत्ति कमाउनु त्यती ठूलो कुरा नभएको बताउँदै राम्रा र पुन्य कामका लागि सबै अग्रसर रहनुपर्नेमा उहाँले जोड दिनु भएको थियोे । यस्तै उहाँले श्रीमद्भागवत सफल बनाउदै मन्दीरको स्तर उन्नतिका लागि गाउँपालिकाले १ लाख उपलब्ध गराउने घोषणा गर्दै सबै मिलेर सफल पार्न पनि अनुरोध गर्नु भएको छ ।

प्रमुख अतिथी समेत रहनु भएका क्षेत्रीले फरक प्रसङ्गमा बोल्दै कन्चन गाउँपालिकामा कहिँ कतै कसैले भ्रष्टाचार गर्न नदिने र आफुले पनि नगर्ने बचन प्रतिबद्धता गर्दै हरेक क्षेत्रको विकासमा गाउँपालिका कहिल्यै पछि नपरेको र नपर्ने पनि बताउनु भएको थियोे ।

यस्तै गाउँपालिका उपाध्यक्ष गोमा तरामुले धार्मिक कार्यक्रमले सबैलाई एउटै थलोमा रहने वातावरण श्रृजना गर्दै विकासमा महत्वपूर्ण भुमिका रहने बताउनु भएको छ । धर्मले सबैलाई अनुशासित बनाउने हुँदा राम्रो कामको शुरुआत गरेकोेमा मन्दीर समितिलाई धन्यवाद दिनुभएको थियोे । धर्तिमाता भनेर चिनिने विष्णु कुवरले मानिसमा विभेद गर्न नहुने भन्दै भगवानको नाममा गित समेत गाउनुभएको थियो ।

उहाँले श्रीमद भागवत सफल बनाउन रु ३६ हजार ६ सय ३६ सहयोग गर्ने घोषणा गर्नुभएको छ । बोल्ने क्रममा कुवरले आफुलाई परास्त गर्न धेरै पक्ष लागेपनी भगवान आफ्नो साथमा भएकाले आफुले जितेको उल्लेख गनुभयो। मनकामना दुर्गा मन्दिर व्यवस्थापन समितिका वरिष्ठ सल्लाहकार राम बहादुर रणपालले मान्छेको स्तर मान प्रतिस्ठा जातले होइन कामले हुने बताउँदै आफू बुटवल क्षेत्रमा बस्दै आएपनि आफ्नो गाउँमा रहेको मनकामना दुर्गा मन्दीर निर्माणमा सहयोग गरेको र गरिरहने बताउनु भएको छ । मनकामना दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर क्षेत्रीले श्रीमद भागवत सफल बनाउन सबैलाई आग्रह गर्दै दुर्गा मन्दिर आफुले बनाउने घोषणा गर्नुभएको छ ।

आमा समुह, क्लब, समाजसेवी लगायतको उपस्थिति संगै कलश यात्रा संगै शुरु भएको श्रीमद भागवतमा संयोजक लाल बहादुर थापा क्षेत्रीको अध्यक्षता, वडासदस्य खगेस्वर भुषालको स्वागत तथा राजन शर्मा पौडेलको सञ्चालन गर्नुभएको थियोे । प्रमुख वाचक शुकदेव स्वामी रहनुभएको श्रीमद भागवत १९ गतेसम्म चल्ने भएको छ ।

सम्बन्धित् समाचार