कपिलवस्तुको शैक्षिक धरोहरको रुपमा रहेको सिद्धार्थ क्याम्पस बुङ्चीले १० औँ क्याम्पस सभा सम्पन्न गरेको छ । क्याम्पसले दशौ क्याम्पस सभा आफनै सभाहलमा सम्पन्न गरेको हो । सभालाई सम्बोधन गर्दै क्याम्पस प्रमुख खेमराज शर्माले बार्षिक प्रगति प्रतिवेदक प्रस्तुत गर्नुभएको थियो ।
कक्षा ११ देखि स्नाातकोत्तर तहसम्म संचालित सिद्धार्थ क्याम्पस एक गैरनाफामुलक सामुदायिक क्याम्पस रहेको र यसले विगतदेखी नै उत्कृष्ट नतिजा ल्याउन सफल रहेको शर्माले बताउनुभयो । शर्माले यस क्याम्पसले अहिलेसम्म आईपुग्दा जिल्लामै पटकपटक सर्वोत्कृष्ट नतिजा ल्याउनुका साथै नेपाल प्रथम भई सम्मानिय राष्ट्रपतिद्धारा प्रदान गरिने नेपाल छात्रा पदक २०६९ प्राप्त गर्न सफल भईसकेको र हालै प्रकाशित बी.बी.एस. चौथो बर्षकी निरमा भण्डारीले राष्ट्रिय स्तरमा दसौं, पाँच नं.प्रदेशभित्र दोस्रो जिल्लमा प्रथम स्थान प्राप्त गरी क्याम्पसको शैक्षिक गुणस्तर विकास कायम रहेको प्रमाण प्रस्तुत गर्न सफल रहेको बताउनु भएको छ ।
गतबर्ष संचालक समितिबाट निर्णय भई नवौं क्याम्पस सभाले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङगिक क्याम्पस बनाउने प्रस्तावना अनुमोदन गरे बमोजिम सो विश्वविद्यालयको विश्वविद्यालय सभा(सिनेट¬¬)को बैठकले यस क्याम्पसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा विकास गर्ने निर्णय गरे पनि एक बर्षभन्दा बढी समयसम्म निर्णय कार्यान्वयनमा कुनै अग्रसरता नदेखाएको तथा प्रदेश सरकारले आङ्गिक क्याम्पसका रुपमा व्यवहार गर्दै यस क्याम्पसलाई कुनै प्रकारको आर्थिक सहयोग गर्न नसक्ने जनाएकाले दुवै तर्फवाट क्याम्पस दोहोरो मारमा परेको शर्माले जानकारी गराउनुभयो ।
दशौ क्याम्पस सभाको सफलताको शुभकामना दिदैं प्रदेश सासंद विष्णु पन्थीले क्याम्पसलाई प्रदेश सरकारले ५० लाख विनियोजन गर्न लागेको र क्याम्पसको समग्र विकासमा सबै राजनीतिक दलले आफनो स्वार्थलाई त्यागेर एकजुट हुनुपर्ने कुरामा जोड दिनुभयो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदुत दिप कुमार उपाध्ययाले नेपालमा कुनै पनि संस्थाको लागि बजेट विनियोजना गरेर मात्र नहुने भन्दै त्यसको सहि सदुपयोग गर्नुपर्ने बताए । उनले अहिलेको समय ज्ञान, विज्ञान र प्रविधिको युग भएकाले समय सापेक्ष दक्ष जनशक्ति उत्पादन गर्नका लागि यस क्याम्पसले महत्वपुर्ण भुमिका खेलिरहेको र आगामि दिनमा पनि यसलाई निरन्तरता दिने बताउँदै समाजको रुपान्तरणका लागि आफु हर्दम तयार रहने बताए ।
त्यस्तै स्ववियु अध्यक्ष सुशिल खत्रीले विद्यार्थीहरुको हक हितमा स्ववियु सदैव तयार रहने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण पौडेल, पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली, स्नताक तह चौथो बर्षमा नेपालमा टप टेन, प्रदेश ५ मा दोस्रो र जिल्लामा पहिलो हुन सफल छात्रा निर्मा भण्डारीलाई सम्मान समेत गरिएको छ भने व्यबस्थापन समितीमार्फत उनलाई छात्रवृत्ति प्रदान गरिने समितीले जनाएको छ । क्याम्पसमा अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षता, क्याम्पसका पदाधीकारीहरु, प्राध्यापक, विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको कार्यक्रम प्राध्यापक गोबिन्द खनालको सञ्चालनमा सम्पन्न भएको हाे ।