उर्मिला यादव / सुनवल /
मंसिर २० /
प्रदेश नम्बर ५ का प्रवत्ता एवम भौतिक पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले जसरी ठुला ठुला बैंकहरुमा मर्ज भएर आफनो पुजी र कभरेज बढाउने कार्य भैरहेको छ त्यसरी नै स्वाभाबिक रुपमा सहकारीमा पनि त्यो प्रचलन ब्यापक रुपमा बढदै गएको बताउनु भएको छ ।
उहाले एउटै ब्यवस्थापनमा पुजी र लगानी को थे्रसहोल्ट बढदा त्यो संस्थाले पहिले भन्दा अझै धेरै योगदान लिन सक्ने भएकोले गर्दा सहकारी मर्ज हुने अवस्थामा पुरयाउनु पर्ने बताउनु भएको छ ।
लुम्विनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीको २१ औं स्थापना दिवसको अवसरमा वोल्दै मन्त्री चौधरीले दुई ठुला सहकारी मर्ज भएपछि सुनवलको कभरेजमा ठुलो योगदान पुरयाउने बिश्वास ब्यक्त गर्नु भएको छ । सुनवल नगरपालिकामा बन्न लागेको तीन हजार मेट्रिकटनको चिस्यान केन्द्रको निमार्ण भैरहेको बताउदै यो निर्माण भैसकेपछि कतिपय सहकारीले आफनो उत्पादन बढाइ तालिम दिने लगायत कार्यले सुनवल बासी कृषकहरुलाइ फाइदा पुग्ने बताउनु भएको छ ।
मन्त्री चौधरीले पछिल्लो समय भारतमा बढेको प्याजको मुल्यले गर्दा किसानहरुको आन्दोलन प्याजमा भएको बताउदै सदनमा पनि राष्ट्रिय चर्चाको बिषय नै प्याजको मुल्य भएको बताउनु भएको छ । जसले गर्दा पनि लुम्बिनी साकोस जस्ता सहकारीले अव तरकारी लगाउने र कृषकहरुलाइ कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनु पर्नेमा जोड दिनु भएको छ । मन्त्री चौधरीले कृषकहरु कृषिमा आत्मनिर्भर भए रोजगारीको अवसर प्राप्त हुनुका साथै मुल्य बृद्धि हुने समस्या पनि सहकारी मार्फत समाधान हुने बताउनु भएको छ ।
उहाले प्रदेश सरकारले तीन खम्बे निति अन्र्तगत प्राइभेट सेक्टर र सहकारी सेक्टरलाइ ठुलो जिम्मा लगाउने गरेको बताउनु भएको छ ।
उहाले ५ बर्षमा अहिले सात सय १४ अरब रुपैया लगानी गर्नेमा ६४ प्रतिशत भार प्राइभेट सेक्टरलाइ जिम्मा लगाएको जानकारी दिदै सहकारीलाइ १२ प्रतिशतको हाराहारीमा योगदान गर्दै आएको बताउनु भएको छ ।
उहाले जब सम्म निजी र सहकारी क्षेत्र पुर्ण रुपमा क्रियासिल हुदैनन तब सम्म प्रदेश नम्बर ५ को समृद्धि हुन नसक्ने बताउदै हामीले चाहेको बिकास र रोजगारीको अवसरको ब्यवस्था हुन नसक्ने बताउनु भएको छ । मन्त्री चौधरीले १४ प्रतिशत गरीबीलाइ १० प्रतिशतमा झार्ने योजना रहेको बताउदै यसमा सहकारीको महत्वपुर्ण योगदान रहेको बताउनु भएको छ । उहाले सहकारीको माध्यमबाट प्रदेश नम्बर ५ मा ५० करोड रुपैयाको चिस्यान केन्द्र निमार्णका लागी लगानी गरीसकिएको समेत बताउनु भयो ।उहाले कृषि पशुपालन लगायत क्षेत्रमा सहकारीको माध्यमबाट कृषि अनुदान कार्यक्रम पनि संगसंगै बढाएको बताउनु भएको छ ।
मन्त्री चौधरीले सुनवलको सबैभन्दा ठुलो सहकारीको रुपमा रहेको लुम्बिनी साकोसले गरीबी निवारणमा अग्रणी भुमिका निर्वाह गर्ने बिश्वास समेत ब्यक्त गर्नु भएको छ ।
प्रदेश सरकारका प्रवत्ता समेत रहनुभएका मन्त्री चौधरीले प्रदेश सरकार गठन भए देखि नै पश्चिम नवलपरासीमा विकासको लहर चलेको दाबी गर्नुभएको छ । उहाले जिल्लाको हरेक क्षेत्रमा बाटोघाटो , खानेपानी , सिचाइ लगायतका क्षेत्रको बिकासमा आफु प्रतिबद्ध भएर लागी परेको बताउनु भएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य भगवती भण्डारीले सहकारी लगाएत अन्य क्षेत्रमा महिलाहरुको अग्रणी भुमिकामा रहनुपर्ने औंल्याउदै अहिलेको समयमा पनि महिला हिंसा रहनु दुखद रहेको वताउनुभयो । महिलाले केहि गर्न सक्दैनन् भन्ने भावनाको अन्त्यको लागी सहकारीबाट नै महिलाहरु एकजुट हुर्ने पर्नेमा सांसद भण्डारीले जोड दिनुभयो ।
सोहि अवसरमा सुनवल नगरपालिका कार्यबाहक प्रमुख ददिराम अर्यालले सहकारी आर्थिक विकास को लागी मेरुदण्डका रुपमा रहेको बताउनुभएको छ । उहाले सहकारीहरुलाई एकीकरण गरि सशक्त र आर्थिक रुपमा मजवुद गराउनका लागी सुनवल नगरपालिकाले एकिकरण सम्वन्धी गोष्ठि सेमिनार लगायत कार्यक्रम गदैै आएकोे बताउनुभएको छ ।
संस्थाको उपाध्यक्ष बिष्णु प्रसाद अर्यालको स्वागत मन्तब्य रहेको कार्यक्रममा संस्थाका अध्यक्ष लेखनाथ खरेलले संस्था स्थापना कालदेखि आजसम्म भएका संस्थाको बिवरणको बिषयमा जानकारी गराउनु भएको थियो । उहाले ५० जना शेयर सदस्य , एक वटा टिनको बाकस , एकवटा रजिष्टर र शेयर रु तीन हजार ६ सय रुपैयाबाट संचालन गरेको यस संस्थाले बिबिध आरोह अवरोह पार गर्दै २१ औ स्थापना कालसम्म आइपुग्दा लुम्बिनी साकोसले एउटा छुटटै पहिचान बनाइ सकेको बताउनु भएको छ ।
उहाले आज सम्म संस्थाको तीन हजार ५ सय ८४ शेयर सदस्य रहेको जानकारी दिदै महिला तर्फ २ हजार एक सय १३ , पुरुष तर्फ एक हजार ४ सय ७१ जना र बालबचत कर्ता तर्फ नौ सय ६९ जना रहेको जानकारी दिनु भएको थियो ।
लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल १२ भुमहीको हाल सम्म ४ करोड ४४ लाख ७३ हजार शेयर पुजी रहेको जानकारी दिदै कुल कोष पुजी ४ करोड , ७३ लाख ६२ हजार सात सय ७२ रुपैया ६४ पैसा , बचत तर्फ ३ करोड ४८ लाख ६९हजार , ४ सय ५ रुपैया १८ पैसा , कुल ऋण लगानी तर्फ ३४ करोड , ४३ लाख , ९९ हजार एक सय दुइ रुपैया गरी ४५ करोड ३२ लाख , ९८ हजार , ७० रुपैया राष्टिय पुजी निमार्ण गर्न सफल भएको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा लुम्बिनी साकोसका सचिव भुवनेश्वर चौधरीको संचालनमा भएको कार्यक्रममा मोती लाल बहुमुखी क्याम्पसका अध्यक्ष नारायण प्रसाद तिवारी , जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेल, राष्टिय सहकारी बिकास बोर्डका सदस्य प्रकाश अर्याल, सुनवल नगरपालिका वडानम्बर १२ का वडाध्यक्ष यमलाल पाण्डे , सुनवल नगरपालिका कार्यबाहक प्रमुख दधिराम अर्याल , प्रदेश नम्बर ५ की प्रदेश सभा सदस्य भगवती भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा ८४ बर्ष पुगेका जेष्ठ नागरीक , लुम्बिनी साकोसका शेयर सदस्य परीवार मध्ये स्नात्तरकोत्तर गरेका बिद्यार्थी , जेष्ठ शेयर सदस्य लगायत एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रा, शिक्षकलाइ नगद प्रमाणपत्र र दोसल्ला ओढाइ सम्मान गरीएको थियो ।
कार्यक्रममा सुनवल नगरपालिका वडा नम्बर ११ का वडा ध्यक्ष देवीलाल डुम्रे , सुनवल नगरपालिकाका कार्यपालिका सदस्य अर्जुन सुनार, फणिन्द्र कुमाल , गौमाया गुरुंग , जिल्ला सहकारी संघ नवलपरासीका सचिव चण्डी प्रसाद पाण्डे , उद्योग बाणिज्य संघ परासीका अध्यक्ष केशव भण्डारी , नेफस्कुन बुटवलका प्रमुख राधा पौडेल , ग्रामीण साकोस बर्दघाटका अध्यक्ष रबिन्द्र हमाल, जनता साकोसका अध्यक्ष डोलराज भण्डारी , जिल्ला खानेपानी महांघ पश्चिम नवलपरासीका अध्यक्ष राजकुमार श्रेष्ठ , लोक तथा दोहोरी गायक प्रतिष्ठान नवलपरासीका अध्यक्ष भरत क्षेत्री लगायत संस्थाको शेयर सदस्य तथा सरोकारवाला ब्यक्तित्वहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्थानिय कलाकार तथा राष्टिय कलाकार भरत क्षेत्री , प्रिया भण्डारी लगायतको बेजोड प्रस्तुति रहेको थियो ।