गृहपृष्ठ खबर साथीलाई ट्रकले किचेपछि विद्यार्थी आक्रोशित

साथीलाई ट्रकले किचेपछि विद्यार्थी आक्रोशित

प्रकाशित मिति:

बाँके–कोहलपुर, मंसिर २२ ।

 

 

कोहलपुर–नेपालगञ्ज सडकखण्डमा रहेको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्ने आफ्नी छोरी प्रकृति चन्दलाई स्कुटरमा राखेर विद्यालयको गेटमा छाडेलगत्तै कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको ना २ ख ९४५९ नम्बर ट्रकले विद्यालयकै अगाडि प्रगतीलाई ठक्कर दिएको थियो ।

प्रगतिका कलिला खुट्टामा ट्रकको चक्काले कुल्चिँदा उनको दुबै खुट्टा काम नलाग्ने भएको छ । आफ्नी साथीलाई ट्रकले किचेपछि विद्यार्थी आक्रोशित भएका थिए ।

आक्रोशित विद्यार्थीले ट्रकमा ढुङ्गा हान्न र चालकलाई लखेट्न थाले । त्यही बेला पुगेको प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिन संयमता अपनाउनेभन्दा उल्टै विद्यार्थीलाई कुट्न थाल्यो ।

सडक र स्कूलमा जुन विद्यार्थी भेटेपनि कुट्न थालेको प्रहरी विद्यालयभित्रै पसेर कुटपीटमा उत्रिएपछि स्थानीय पनि विरोधमा ओर्लिएका थिए । पछि भिडन्त बढ्दै जाँदा प्रदर्शनकारी र प्रहरी पनि घाइते भएका छन् ।

परिस्थिति नियन्त्रण बाहिर जान नदिन अश्रुग्यास प्रहारदेखि कर्फ्यू नै लगाउनुपर्ने अवस्था आएको छ ।

सम्बन्धित् समाचार