गृहपृष्ठ खबर हेलिकप्टर सवारीको व्यवस्था कपिलवस्तु महोत्सवमा ,श्रेया बाहिरिएसँगै टप 9 डान्स आइडलमा ।।

हेलिकप्टर सवारीको व्यवस्था कपिलवस्तु महोत्सवमा ,श्रेया बाहिरिएसँगै टप 9 डान्स आइडलमा ।।

प्रकाशित मिति:
कपिलवस्तु । मङ्सिर , २४ ।

११ औँ कपिलवस्तु महोत्सव अन्तरगत सर्वाधिक चाँसोका साथ दर्शकले मन पराएको डान्स आईडलको नवौं संस्करण पछिल्ला दिनमा रोचक बन्दै गएको छ । डान्स आईडलमा यस पटक १५ जना प्रतियोगीले स्टेज पाएका थिए । १५ जनाबाट सुरु भएको आइडलमा अहिले नौँ जना मात्र बाँकि रहेका छन् ।

महोत्सवको छैठौँ तथा डान्स आईडलको पाचौ दिन श्रेया शर्मा बाहिरिए सँगै बुधबारको प्रतिश्पर्धाका लागि अब ९ जना प्रतियोगीहरु बाँकि रहेका हुन् । सोमबार १० जना प्रतियोगीहरु नै सुरक्षित रहे भने आज शर्मा बाहिरिएकी हुन । दर्शकले खरिद गर्ने टिकेटबाट दिएको भोट र निर्णायकको मुल्याङ्कनको आधारमा सोमबारको प्रस्तुतीले आज शर्मा बाहिरिएकी हुन । जिल्लाको तौलिहवा निवासी शर्मा बाहिरिएसंगै डान्स आईडलमा अब बुधबार ९ जनाको प्रस्तुती रहने आईडल संयोजक अमृत केसीले जानकारी दिनुभयो । त्यस्तै आजको बेस्ट डान्स आइडलको उपाधि आशिका खड्काले प्राप्त गर्नुभएको छ ।

यस वर्षको महोत्सवमा हेलिकप्टर मार्फत अबलोकन गर्ने व्यवस्था मिलाइएको छ । मंसिर २६ ,२७ र २८ गते वाट ३ दिन महोत्सव स्थलवाट सेवा संचालनको शुरुवात गरिन लागेको हो ।

नेपाल पर्यटन बिभाग काठमाण्डौ र जिल्ला प्रशासनको अनुमति मिलेसंगै हेलिकप्टर ल्याउन लागिएको हो । नेपाल भ्रमण बर्ष २०२० लाई सफल पार्नका लागि जिल्लाका पर्यटकीय स्थलहरुको अबलोकलन हेलिकप्टरको माध्यमबाट गराईने बाणगंगा वेलफेयर सोसाईटीका निर्देशक दिनेश क्षेत्रीले बताउनुभयो । महोत्सवलाई थप आकर्षण गराउनको लागि हेलिकप्टरको व्यावस्था मिलाईएको आयोजकले जनाएको छ । हेलिकप्टरद्धारा जिल्लाका पर्यटकीय स्थल भ्रमण गर्न सकिने बताइएको छ । हेलिकप्टर चढ्न चाहानेका लागि टिकट  वितरणको काम शुरु भइसकेको छ । सचिवालयमा टिकट वितरणको काम शुरु भएको छ । हेलिकप्टरमा चढ्न चाहनेका लागि प्रत्येक ब्यक्ति ५ हजार २ सय रकम रहेको छ । हेलिकप्टरमा चढ्ने चाहना बढ्दै गएको भन्दै टिकट पनि केहीले लिईसक्नुभएको निर्देशक क्षेत्रीले बताउनुभयो ।

पहिलोपटक जिल्लाका मेला महोत्सवमा हेलिकप्टर ल्याउने कार्य चुनौतीपूर्ण रहेको भन्दै यस कार्यलाई सफल पार्न सबैले साथ दिने अपेक्षा लिएको पनि उहाँको भनाई छ । हेलिकप्टर महोत्सवमा आउनेभएसंगै महोत्सवको माहोल तात्दै गएको छ ।

युवा क्षमतामा अभिबृद्धि कृषि र पर्यटनमा समृद्धी भन्ने नाराका साथ यहि मंसिर १९ गतेबाट शुरु भईरहेको एघारौं कपिलवस्तु महोत्सवमा हेलिकप्टर आउने भएसंगै जिल्लाबासीहरु पनि खुसी भएका छन ।

महोत्सवमा रहेका स्टलमा स्थानीय कृषि, घरेलु उत्पादन, स्थानीय परम्परागत सस्कृति झल्कने परम्परागत वस्तुहरु, होटल, राष्ट्रिय स्थानीयहरुको उत्पादन प्रर्दशनीमा राखिएका छन् । राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको प्रस्तुतिले पनि महोत्सवको रौनक वढाएको छ ।

यसैबिच आज कपिलवस्तु महोत्सवमा हाँस्यव्यङग्य कालकार मनोज गजुरेल र लोक तथा दोहोरी गायक रामजी खाँडको विशेष प्रस्तुति रहेको थियो । गजुरेलले दर्शकलाई आफ्ना प्रस्तुतिहरुले हसाँए भने खाँडले छमछमि नचाएका थिए ।

सम्बन्धित् समाचार