सुशील गैरे बुद्धभूमि,बुद्धभूमिनगर पालिकाको गोरुसिङ्गेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको नगरस्तरीय भेलाले लिलाखर अधिकारीलाई नगर अध्यक्षमा चयन गरेको छ।
बुद्धभुमिनगर पालिकाको गोरुसिङ्गेमा जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा बसेको भेलाले अधिकारीलाई नगर अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
भेलामा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिती कपिलवस्तुको नियमित बैठकबाट प्रजातान्त्रिक ईस्लामीक दलित आवाज संगठनको जिल्ला अध्यक्षको रुपमा सौकद अलीलाई चयन गरेका छ,राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी पौष २७ गते पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिबश कपिलवस्तुको कृष्णनगर वजारमा भव्य रुपले मनाउने निर्णय गर्दै माघ मशान्त भित्र गाउ नगर वाड समिती गठन सहित अबिधेशन गर्ने भएको छ त्यसै गरी राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रिय सदस्यमा मिना बिकलाई सिफारिस साथ पठाउने निर्णय गरेको जिल्ला उपाध्यक्ष भिष्म बन्जाडेले जानकारी दिनु भयो ।