गृहपृष्ठ Featured मुद्धा जित्न वडा अध्यक्षले कृते हस्ताक्षर गर्नु लज्जास्पद : मरासिनि

मुद्धा जित्न वडा अध्यक्षले कृते हस्ताक्षर गर्नु लज्जास्पद : मरासिनि

आफुले मुद्धा जित्न जनप्रतिनिधि जस्तो ब्याक्तीले कृते हस्ताक्षर गर्नु लज्जापद कुरा भएको रुपन्देही सैनामैना नगरपालिका वडा नः ११ का वडा अध्यक्ष सुनिल मरासिनिले बताएका छन ।

कृते हस्ताक्षर गरेर वडा अध्यक्ष गिरिले गैर जिम्मेवार वडा अध्यक्षका रुपमा ब्यवहार गर्नु लज्जास्पद भएको मरासिनिले वैखरी अनलाइनलाई बताएका छन । वडा अध्यक्ष गिरिले रुपन्देही सैनामैना नगरपालिका वडा नः ११ का वडा अध्यक्ष मरासिनिको कृते हस्ताक्षर गरेका हुन ।

थप जानकारीका लागी

वडा अध्यक्ष गिरि बिरुद्ध बुटवल इजलाशमा परेको जवाफ पठाउदा अध्यक्ष गिरिले अर्का वडा अध्यक्ष मरासिनिको कृते हस्ताक्षर गरेर मुद्धा जित्न जुन सुकै हदसम्म पुग्न तयार रहेको पाइएको छ ।

वडा अध्यक्ष गिरि आफै रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नः ११ मा पुगि सुर्य प्रसाद बराल सोही वडामा बसोबास गर्दै आएको प्रमाण माग गरेकोमा सो वडाका वडा अध्यक्ष मरासिनले दिएको प्रमाणलाई कृते हस्ताक्षर गर्दै आफैले ‘आफनै निजि घर जगा सहित’ लेखी कृते हस्ताक्षर गरेका हुन ।

यस बिषयमा रुपन्देही सैनामैना ११ का वडा अध्यक्ष मरासिनि सगं बुझ्दा आफुले दिएको प्रमाण पत्रको ओसी(फोटोकपि) वडामा सुरक्षित रहेको बताउदै उक्त हस्ताक्षर मेरो नरहेको र अध्यक्ष गिरिको यो कार्य जनप्रतिनिधिका लागी निकै लज्जास्पद रहेको वैखरी अनलाइनलाई बताएका छन ।

प्रमाण( न पक्षको न बिपक्षको यात्रा निश्पक्षको : वैखरी अनलाइन )

वडाबाट वडा अध्यक्ष गिरिको दिइएको प्रमाण

 

सम्बन्धित् समाचार