गृहपृष्ठ Featured  सुनवलमा नगर प्रमुखको अध्यक्षतामा ११ सदस्यिय पर्यटन प्रबद्र्धन समिति गठन

 सुनवलमा नगर प्रमुखको अध्यक्षतामा ११ सदस्यिय पर्यटन प्रबद्र्धन समिति गठन

प्रकाशित मिति:

नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि सुनवल नगरपालिकामा नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीको अध्यक्षतामा ११ सदस्यिय पर्यटन प्रबद्र्धन समिति गठन गरिएको छ । जसको सदस्यहरुमा कर्ण बहादुर सेन, कृष्ण लामिछाने, विमला अर्याल, नरपति पाण्डे, लोक बहादुर श्रेष्ठ, सोनी राना, रमेश कर्माचार्य, कृष्ण श्रेष्ठ, दिपक खनाल, र रामलाल श्रेष्ठ रहनुभएको छ ।

सुनवल नगरपालिकाको आयोजनामा मंगलबार सुनवलमा पर्यटन प्रबद्र्धन समिति गठन गरिएको हो ।
सुनवल नगरपालिका नगर उपप्रमुख दधिराम अर्यालको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाली कांग्रेसका कार्यबाहक सभापति अर्जुन कुमार पोखरेल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सचिवालय सदस्य थान प्रसाद गैरे, जिल्ला सहकारी संघका अध्यक्ष विष्णु प्रसाद पौडेल, नेकपाका जिल्ला सदस्य उमानाथ पोखरेल लगायतले नव गठित कमिटिको सफल कार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सुनवल नगरपालिका भित्रका सम्पुर्ण वडाका वडाध्यक्षहरु लगायत नगर पालिका सदस्यहरु , नेपाली कांग्रेसका सुनवल नगर कार्य समितिका सभापति सोम बहादुर राय माझि, नेकपा सुनवल नगर अध्यक्ष विर बहादुर विश्वकर्मा, लगायत स्थानीय समाजसेवी, बुद्धिजिवी, विभिन्न संघ सस्थाका प्रम्ख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार