गृहपृष्ठ Featured शितगंगा नगरपालिका वडा न. १४ मा अचार बनाउने तालिम बिहिबार देखि सुरु

शितगंगा नगरपालिका वडा न. १४ मा अचार बनाउने तालिम बिहिबार देखि सुरु

प्रकाशित मिति:

शितगंगा नगरपालिका वडा न. १४ मा महिलाहरुको लागि ७ दिने अचार बनाउने सिपमुलक तालिम बिहिबार देखि सुरु भएको छ ।

घरेलु तथा साना उद्योग कार्यलय अर्घाखाँचीको आयोजनामा सुरु गरिएको तालिमको उदघाटन सत्रमा बोल्दै प्रमुख अतिथी वडा नं. १४ का वडाध्यक्ष दामोदर न्यौपानेले सिकिसके पछि सिकेको कुरा व्यवहारमा उतार्नु पर्नेमा जोड दिनुभयो । तालिममा लगनसिलता हुनुपर्ने र पछि पनि यस्तै सिपमुलक तालिम ल्याउनुपर्ने बताउनु भयो । उक्त अचार बनाउने तालिमको प्रशिक्षकमा नारायण पोख्रेल रहेका छन ।

वडा सदस्य चुमा गाहाको अध्यक्षतामा सुरु भएको कार्यक्रमकको संचालन घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको अधिकृत लक्ष्मी दाहालले गर्नु भयो ।

सम्बन्धित् समाचार