गृहपृष्ठ Featured अर्घाखाँचीको फर्सवाटाकुरा माविको ४४ औँ बार्षिकोत्सव सम्पन्न

अर्घाखाँचीको फर्सवाटाकुरा माविको ४४ औँ बार्षिकोत्सव सम्पन्न

प्रकाशित मिति:

अर्घाखाँचीको पाणिनीगाँउपालिका ३ खिदिममा रहेको फर्सवाटाकुरा माध्यामिक विद्यालयको ४४ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सोमबार सम्पन्नभएको छ ।

कार्यक्रमको उद्घाटनगर्दै प्रमुख अतिथि पाणिनीगाँउपालिकाका शिक्षा युवा तथा खेलकुँद शाखाप्रमुख कृष्ण प्रसाद पोखरेलले सामुदायिक बिद्यालयहरुले राज्यको लगानिअनुसारको प्रतिफलदिननसकेको गुनासो गर्नुभयो । उहाँले राज्यको लगानीलाई न्यायहुनेगरि प्रतिफलदिन बिद्यायलहरुले अझमिहिनेत गर्न आबश्यक रहेको बताउर्दै बिद्यालयको शैक्षिक गुणस्तर माथि उठाउनगा उपालिका सहयोग गर्न तयार रहेको प्रतिबद्धताब्यक्तगर्नुभयो ।

कार्यक्रममा विद्यालयमा स्थापना गरिएका सबै अक्षयकोषका पुरस्कार तथाछात्रबृतिप्रदानगरिएको थियो । त्यस्तै कार्यक्रममा अक्षयकोष स्थापनार्थ सहयोग गर्ने सम्पुर्ण सहयोगदातालाई पनिकार्यक्रममा सम्मान गरिनुका साथै विद्यालयमा संचालित सप्ताहाब्यापि खेलकुँद प्रतियोगिताका बिजेताहरुलाई पनि पुरस्कार प्रदानगरिएको थियो ।

विद्यायलका प्राचार्य मुक्तिनाथ ज्ञवालीले बिद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुतगर्नुभएको कार्यक्रममा पाणिनीगाँउपालिका वडा नम्बर ३ कावडा सदस्यओम प्रकाश भुसाल, गाँउपालिकाका नेकपाका अध्यक्ष कमल घिमिरे, गाँउपालिकाका नेपाली काँग्रेस संयोजक बिष्णु प्रसादअर्याल, अक्षयकोष दातातथापूर्व विद्यार्र्थी रमेश ज्ञवाली, विद्यालय ब्यावस्थापन समितिका पूर्व अध्यक्ष बसन्त केसी, स्थानियबासि मधु अर्याल लगायतले सुभकामना मन्तब्य राख्नुभएको थियो ।

 

विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हुम बहादुर जिसिको अध्यक्षता, पाणिनीगाउपकलिका  शिक्षा युवा तथा खेलकुँद शाखाप्रमुख कृष्ण प्रसाद पोखरेलको प्रमुख आतिथ्यता र विद्यालयका शिक्षक नवराज पोखरेलको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रमको संचालन शिक्षक लिलापति घिमिरेले गर्नुभएको न्यु लाइटकलेज शङ्करनगर रुपन्देहीका प्राचार्य समेत रहेका फर्सवाटाकुरा माविकापूर्व विद्यार्थी रमेश ज्ञवालीले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार