नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ८ र ९ पूर्ण संस्थागत सुत्केरी घोषणा भएका छन्।

वडा नं. ९ का वडा अध्यक्ष एवम् स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्ता चापागाईंको अध्यक्षता तथा नगर प्रमुख धिरज शर्मा बश्यालको प्रमुख अातिथ्यतामा कार््यक्रम सम्पन्न भएको हो ।

पुर्ण संस्थागत सुत्केरी घोषणा कार्यक्रममा नगर उपप्रमुख माया देबि पौडेल, प्रमुख प्रशासकिय अधिकृत मेघराज पाध्य,वडा अध्यक्ष, नगर कार्यपालिका सदस्यहरु,विभिन्न संघ सस्थाहरुको प्रतिनिधि, महिला स्वास्थ स्वयंसेविकाहरु, स्वास्थ्य कर्मिहरु, पत्रकार , बिधालय बाल क्लब ,महिला समूह लगाएतकाे उपस्थिति रहेको थियो ।
कर्यक्रम वडा न ८ का अध्यक्ष कबिराज आचार्य को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम पन्चनगर स्वास्थ्य चौकी का प्रमुख बाबुराम तिमिल्सिनाले पुर्ण संस्थागत सुत्केरी को तथ्यांक सहित प्रतिबेदन प्रस्तुत गर्नुभएकाे थियाे।
कार्यक्रममा पुर्ण सुत्केरी वडा घाेषणा गर्नमा सहयाेग गर्नुहुने संघ सस्थाहरु स्वस्थ्य कर्मिहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरु लगायतलाई प्रसंशा पत्र सहित सम्मान गरिएको हाे। बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञावलिले संचालन रहेको कार्यक्रममा पन्चनगर महिला कल्याणकी अध्यक्ष कमला सुबेदि, जनकल्याण साकोसका अध्यक्ष डिक बहादुर पाण्डे ,सुआहारा बेश नेपाल का सालिकराम पोख्रेल , नगर प्रबक्ता तथा वडा न ४ का वडा अध्यक्ष रबिन्द्र बिक्रम हमाल , प्रमुख प्रशासकीय अधिकृत मेघराज पाध्य ,नगर उपप्रमुख माया देवि पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे।







