गृहपृष्ठ खबर मोटरसाइकल र भ्यान ठोक्किँदा कपिलवस्तुमा एकको मृत्यु

मोटरसाइकल र भ्यान ठोक्किँदा कपिलवस्तुमा एकको मृत्यु

प्रकाशित मिति:

कपिलवस्तु , पुस २२ / कपिलवस्तुको जितपुर तौलिहवा सडक खण्डमा पर्ने देउवापारमा लु १३ प १२५० नम्बरको मोटरसाइकल र दूध बोक्ने लु १ च ९६२८ नम्बरको भ्यान ठोक्किएर मोटरसाइकल चालक वाणगंगा ११ भड्डिहवा निवासी २८ वर्षीय कृष्ण थारुको घटनास्थलमै मृत्यु भएको छ ।

 

मोटरसाइकलमा सवार एक जना घाइतेको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ ।


जितपुर तर्फ जाँदै गरेको भ्यान र विपरित दिशाबाट आउदै गरेको मोटरसाइकल एक अर्को सँग ठोक्किएर दुर्घटना भएको प्रत्यक्ष दर्शीले बताएका छन् । भ्यान चालक भने घटना स्थलबाट फरार भएकाे स्थानीयले बताए ।

सम्बन्धित् समाचार