कपिलबस्तु जिल्ला प्रशासन कार्यालयले सुर्तीजन्य पदार्थ खाएर आउने सेवाग्राहीलाई कार्यालय प्रवेशमा रोक लगाएको छ ।
स्वस्छ, सफा र राम्रो वातावरण बनाउने नीति अनुरुप कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ सेवनगर्न रोक लगाईएको छ । यस्तो काम नगर्न कार्यालयका परिसरमा सूचना टास गरिएको छ । सूचनाको खिलाप कामगर्नेलाई कारवाही गरिने प्रशासकीय अधिकृत मनोज शैनीले बताए।
जिल्लाका विभिन्न कार्यालयहरुमा कार्यालय भित्र कर्मचारी र सेवाग्राहीले पान, गुट्का र सूर्ति खाएर जथाभावीथुक्ने र फोहर गर्ने हुदादुर्गन्ध बढेको छ । अन्य कार्यालयमा सूर्तिज्नय पदार्थ सेवन गरेर आउने सेवाग्राहीलाई सचेत गरि सरसफाईको अभियान चलाउन निर्देशन दिएको उनले बताए ।







