काठमाडौँ — प्रदेश ३ को नाम वाग्मती राखिएको छ । आइतबारको प्रदेशसभामा प्रदेश ३ को नाम वाग्मती राख्ने प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको हो ।

प्रदेश नाम वाग्मती राखियोस् भन्नेकांग्रेस सांसद इन्द्र बानियाँले राखेको प्रस्तावको पक्षमा १ सय ८ मत परेको थियो । विपक्षमा कुनै पनि मत परेन ।







