गृहपृष्ठ Featured बाणगंगाका सन्तोष मरासिनिले डन पारामा निर्णय पुस्तीका खोसेर वनको अधिवेशन हुन दिएनन् ।

बाणगंगाका सन्तोष मरासिनिले डन पारामा निर्णय पुस्तीका खोसेर वनको अधिवेशन हुन दिएनन् ।

प्रकाशित मिति:

वाणगंगा नगरपालिका वडा नम्बर ८मा रहेको नवप्रभात सामुदायिक वन उपभोक्ता समूह टोल नम्बर ३ को निर्वाचन रद्द भएको छ । सामुदायिक वनका टोल समूहहरु मध्येबाट १ जना महिला अनिवार्य सहित २ जना सामुदायिक वनको मूल कार्य समितिमा हुनै पर्ने प्रावधान रहेको छ ।

सोहि अनुसार नवप्रभात सामुदायिक वन उपभोक्ता समूहका ५ वटा टोलहरु मध्य टोल नम्बर ३ मा महिला र पुरुष २ ।२ जनाको उमेद्वारी परेपछि चुनावी प्रक्रिया अगाडी बढेको थियो । ईश्वरी प्रसाद न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय समिति रहेको निर्वाचन मण्डल समक्ष माघ १ गते सन्तोष मरासिनी, सन्तबहादुर पौडेल, शान्ता ढुङगाना र नमकला ढकालको दिउसो २ बजेसम्म मनोनयन दर्ता भयो ।

३ बजेदेखि ३ ः१५ सम्म दावी विरोध गर्न पाइने नियमसँगै ३ः१० मा प्रतिद्धन्द्धी सन्तबहादुर पौडेलले सन्तोष मरासिनी माथि फौजदारी अभियोग रहेको लिखित दावी विरोध पेश गरे । सोहि अनुसार ईश्वरी प्रसाद न्यौपानेको संयोजकत्वमा ३ सदस्यीय समिति रहेको निर्वाचन मण्डलको हातबाट उमेद्वार सन्तोष मरासिनीले निणर्य पुस्तिका र दावी विरोध पत्र खोसेर निर्वाचन हुन नदिएको नव प्रभात सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जगन्नाथ भण्डारीले बताए । निर्वाचनको दावी विरोधका बेला अकस्मात हातबाटै निणर्य पुस्तिका र दावी विरोध पत्र खोसेर निर्वाचन हुन नदिएको प्रति निर्वाचन मण्डलले दुःख व्यक्त गरेको छ ।

वि.सं. २०७५ सालको फागुनमै अधिवेशन हुनुपर्ने भएता पनि उचित विधान नभएका कारण सामुदायिक वनको अधिवेशन हुन सकेको थिएन । जिल्ला वन कार्यालयबाट विधान स्वीकृत गरे पश्चात टोल टोलमा मनोनयन दर्ता सुरु भएको थियो । यस बिषयमा सन्तोष मरासिनि संग बुझ्न खोज्दा सम्र्पक हुन सकेन ।

सम्बन्धित् समाचार