अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं। १ स्थित शान्तीबगैँचाको पोखरीमा परेर दुई बालिकाको मृत्यु भएको छ । पोखरीमा परि दुई बालिकाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको डा। जगदिश शर्माले जानकारी दिएका छन् । सोमबार दिउसो खेल्ने क्रममा बालिका पोखरीमा डुवेको हुन सक्ने बताईएको छ ।
प्युठान जिल्ला नौबहिनि गाउँपालिका का वर्ष ४ कि वर्षा थापामगर र अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नं। ७ कि वर्ष ५ कि क्रिस्टना महतको मृत्यु भएको जनाईएको छ ।







