एक घर ५ जडिबुटी, पाँच योगका लागि अब सबै परिवारका सदस्य जागरुक हुनुपर्ने बेला आएको सरोकारवालाहरुले बताएका छन् ।
पछिल्लो समय मानविय खानपान र रहन सहनले मानव स्वस्थ्य नै जोखिममा परिरहेको भन्दै उनीहरुले स्थानिय तहको सक्रियतामा अब हरेक घरमा कम्तिमा पनि ५ वटा जडिबुटीको प्रयोग र दैनिक ५ वटा योग अनिवार्य अपनाउनुपर्ने बताएका हुन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका आर्युवेद शाखाको आयोजनामा आयोजित अभिमुखिकरण कार्यक्रममा आर्युवेद चिकित्सा अस्पतालको विकास तथा चिकित्सा सेवा महाशाखा सामाजिक विकास मन्त्रालय प्रदेश पाँचका डा.पुष्पराज पौडेलले तुलसी, घिउकुमारी गुट्ची , पारिजात, मेवा लगाएतका स्थानिय जडिबुटीको बारेमा प्रकाश पार्दै स्वस्थ जीवन निर्वाहका लागि जडिबुटीको प्रयोगमा ध्यान पुर्याउन आवस्यक रहेको बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा मोतिपुर आर्युवेद औषधालयका प्रमूख डा. रोम हर्स नेपालले आर्युवेदको राज्यको वर्तमान अवस्था र रणनितिका विषयमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रममा स्थानिय समुदायका स्वास्थ्यकर्मी, सामुदायिक वनका पदाधिकारी, टोलविकास समितिका पदाधिकारी, वडा अध्यक्षहरु, तथा वडा सचिवहरुको सहभागिता रहेको थियो ।
त्यस्तै अभिमुखिकरणमा केही दिन देखि रिक्त अवस्थामा रहेको प्रमूख प्रशासकिय अधिकृतको पदभार ग्रहण गर्न आज मात्रै आउनुएका प्रमूख प्रशासकिय अधिकृत चुडामणी पन्थी र युवा खेलकुद तथा शिक्षा विकास शाखा प्रमूख बाबुराम भटराईले योग र आयुर्वेदको वर्तमान आवश्यकताका विषयमा सम्बोधन गर्नुभएको थियो ।







