गृहपृष्ठ Featured कपिलवस्तु उद्योग वाणिज्य संघकाे कार्यालयमा २ दिने कर प्रशिक्षण तालिम सुरु

कपिलवस्तु उद्योग वाणिज्य संघकाे कार्यालयमा २ दिने कर प्रशिक्षण तालिम सुरु

प्रकाशित मिति:

नेपाल उद्योग वाणिज्य महासंघ र आन्तरिक राजश्व विभागको सहकार्यमा कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाले सञ्चालन गरेको २ दिने कर प्रशिक्षण तालिम सुरु भएको छ ।

संघको २३ औं नियमित वैठकको निर्णय अनुसार सरकारले लागु गरेको भिसिटिएस तथा कर सम्बन्धी तालिम संघको कार्यालयमा सुरु भएको कार्यक्रम संयोजक रुकबहादुर भुसालले जानकारी दिए ।

 

पहिलो पटक उद्योगी व्यवसायीलाई कर सम्बन्धी नया व्यवस्था, कर कानुन बारे जानकारी दिनका लागि उक्त तालिमको आयोजना गरेको हो । प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय कृष्णनगरका कर प्रमुख पुर्ण प्रसाद न्यौपानेले सरकारी तथा निजी सहकारीको माध्यमबाट देशको आर्थिक निति माथि उकास्ने लक्ष्यका साथ कर सम्बन्धि तालिम आयोजना गरेकोमा कपिल उद्योग वाणिज्य संघको प्रशंसा गरेका थिए । उनले सम्पुर्ण व्यवसायीहरुलाई ईमानदारीताका साथ कर तिर्न आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका सहायक निर्देशक सीता घिमिरेले भिसिटिएस प्रणालिको बारेमा प्रकाश पार्दै अज्ञानताका कारण कर धेरै तिनुपर्ने तथा जरिवाना तिर्नुपर्ने अवस्थाबाट जोगिनुपर्ने बताए । त्यस्तै संघका अध्यक्ष उमानाथ पौडेलले पहिलो पटक तालिम आयोजना गरेको बताउँदै यस क्षेत्रका व्यवसायीहरुका लागि प्रभावकारी हुने बताए । तालिममा प्रदेश ५ का अधिकांश जिल्लाका व्यवसायीहरुको सहभागिता रहेको थियो । तालिम भोलि समापन हुनेछ ।

सम्बन्धित् समाचार