सँस्कार ,सँस्कृति हाम्रो पहिचान संरक्षण र सम्बर्धन हाम्रो अभियान भन्ने मुला नाराका साथ वाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित शुद्वोदन मा.वि जिनुवामा सम्पन्न भएको छ । नेपाल मगर संघ वडा समिति भलवाड , थारु कल्याणकारिणी सभा ईकाई समिति भलवाड र तमु ध्यूलछोजदी गुरुङ राष्ट्रिय परिसर इकाई समिति भलवाडको संयुक्त आयोजना तथा वाणगंगा नगरपालिका वडा नम्बर ९ को विशेष सहयोगमा आज एक समारोह बिच भव्य रुपमा सम्पन्न गरेको छ ।
वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष धुर्व बेल्वासेको प्रमुख आथितियता रहेको कार्यक्रममा जिल्ला मगर संघ कपिलवस्तुका अध्यक्ष मोहन सिन्जाली , गुरुङ समाजका प्रदेश ५ का प्रदेश सदस्य बिन्द्र बहादुर गुरुङ , वाणगंगा नगरपालिका नगरकार्य पालिका सदस्य केशरा गुरुङ , भलवाड स्वाथ्य चौकि इन्चार्ज जित विकास रायमाझि, श्री शुद्धोदन माध्यमिक विद्यालयका प्र.अ अनिता कडेल , थारु कल्याणकापिरणीका प्रतिनिधि शम्भु थारु को विशिष्ट आथितियता रहेको कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ९ भित्रका सामुदायिक बनका अध्यक्ष तथा प्रतिनिधिहरुको आथितियता , ईलाका प्रहरी कार्यलय पिपरा प्रमुख आयुष जोसी , लगायत विशिष्ट व्यक्तित्वहरुको आथितियता कार्यक्रममा रहेको थियो ।
कार्यक्रममा थारु कल्याणकापिरणीका प्रतिनिधि शम्भु थारुले थारु जातमा माघिको महत्व बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने नेत्र प्रसाद बुढाथोकिले मगर जातिमा माघिको महत्व बारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा नमु तमुले तुम जातिमा मघिको महत्व तथा ल्होसारको बारेमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गरी थारु जाति , मगर जाति तथा गुरुङ जातिको खाना तथा थारु , मगर तथा गुरुङ जातको नृत्य महोत्सवको प्रमुख आर्कषण थियो । कार्यक्रममा गुरुङ समाजका प्रदेश ५ का प्रदेश सदस्य बिन्द्र बहादुर गुरुङ , जिल्ला मगर संघ कपिलवस्तुका अध्यक्ष मोहन सिन्जाली , भलवाड स्वाथ्य चौकि इन्चार्ज जित विकास रायमाझि लगायतले कार्यक्रममा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेल्वासेले भन्नुभयो साँस्कृतिको जर्गेना गर्न महोत्सव आवश्यकता रहेको बताउदै अब आउने पुस्तामा आफ्नो धर्म सँस्कृतिको बारेमा जानकारी गराउनका निम्ति , लोभ हुन् लागेका यस्ता पर्वहरुको संरक्षण गर्ने पर्वले उल्लेखनिया भुमिका खेलेको बताउदै अब आउने दिनहरुमा आफुले , आफ्नो वडा कार्यालयले सहयोग गर्ने बताउदै कार्यक्रममा अरुलाई पनि सहयोग गर्न आग्रह गदैँ कार्यक्रम भव्य र शव्य भएको बताउनु भएको थियो ।।
कार्यक्रममा नेपाल मगर संघ वडा समिति भलवाड अध्यक्ष मिलन बुढामगरको अध्यक्षता , तमु ध्यूलछोजदी गुरुङ राष्ट्रिय परिसर इकाई समिति भलवाड अध्यक्ष केशरा गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रममा थारु कल्याणकारिणी सभा ईकाई समिति भलवाड सदस्य नरेश थारु तथा सर्मिला मगरको संयुक्त सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।







