तरुण दल कपिलवस्तु र नेविसंघ क्षेत्र नम्बर १ द्धारा वाणगंगा नगरपालिका भित्रका अति विपन्न तथा गरिब परिवारलाई टोल टोलमा सिरक बाढ्ने अभियान सुरु गरेको छ ।
सामाजिक कार्यका लागि हाम्रो अभियान भन्ने मूल नारालाई आत्मसात गरेको तरुण दल कपिलवस्तु र नेविसंघ क्षेत्र नं १ले २ दिने अभियान अन्तर्गत सोमवार १,२,३,१०र ११ का प्रत्येक टोलमा पुगी वितरण गरेको हो । करुण टन्डन नेपाली जनसम्पर्क समाज बहराईनको सहयोग रहेको थियो ।

माघको यो चिसो सिरेटोमा तरुण दल कपिलवस्तु र नेविसंघले गरेको यो सह्राहनीय कार्यको प्रशंसा गर्दै विपन्न तथा गरिब परिवार खुसी भएका छन् । युवाहरुले आफ्नो दुःखका आँसु पुछिदिएकोमा खुसी व्यक्त गरे ।

वितरण कार्यक्रममा तरुण दल कपिलवस्तुका जिलला सभापति शक्तिसिंह ठकुरी ,नेविसंघ क्षेत्र नं १का सभापति चन्द्रकान्त पाख्रेल, क्षेत्र नं १ का सभापति तिलक थापा, समाजसेवी डोलकराम घिमिरे, नेपाली कंग्रेस क्षेत्र न.१ का सचिव पोमनारायण पौडेल लगायतका नेता तथा कार्यकर्ताहरु, पत्रकार, बुद्धिजिवीहरुको सहभागिता रहेको थियो । यो अभियान बाँकी रहेका वडाहरुमा मंगलवार वितरण गरिने नेविसंघ क्षेत्र नं १का सभापति चन्द्रकान्त पाख्रेलले जानाकारि दिए ।








